शनिबार, वैशाख १५, २०८१
03:44 | ०८:२९

बेलायतमा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भिड्दै नेपाली बडीबिल्डर

नेपाली लिङ्क अक्टोबर १२, २०२१

 

 

लन्डन ।  बेलायतमा आयोजना हुने अन्तराष्ट्रिय स्तरको एक  प्रतियोगितामा नेपाली बडीबिल्डरले भाग लिने भएका छन् ।  

यही शनिबार अक्टोबर १६ मा बेलायतको लेष्टर शहरमा हुने  ‘ड्रग्स फ्रि बडी बिल्डीङ च्याम्पियनसिप’ मा अल्डरसट निवासी विक्रम थापा मगर सहभागी हुन लागेका हुन् । ‘यूके इन्टरनेसनल च्याम्पियनसिप’ शीर्षकको प्रतियोगितामा  उनले ‘फिजिक’ विधामा प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि गत सेप्टेम्बर ५ मा बेलायतकै क्यामबर्लीमा सम्पन्न  काउटीस्तरीय कास्य पदक जित्दै विक्रम उपल्लो स्तरको प्रतियोगिताका लागि छनौट भएका थिए   

‘ड्रग्स फ्री बडीबिल्डीङ’ का लागि कुनै पनि सप्लिमेन्ट ड्रगबिना प्राकृतिक रुपमै व्यायाम गरी शारीरिक सुगठन गर्ने गरिन्छ । यस प्रकारको प्रतिस्पर्धा बेलायत तथा अन्तराष्ट्रिय क्षेत्रमा पनि  निकै लोकप्रिय मानिन्छ।

युवाहरुलाई ‘सप्लिमेन्ट ड्रग’ बिना प्राकृतिक रुपमै शारिरीक सुगठन गर्न प्रेरणा तथा सन्देश दिने लक्ष्यसहित  यो प्रतिस्पर्धामा भाग लिएको विक्रम बताउंछन् ।  

आगामी दिनमा बेलायतस्थित अरु धेरै नेपाली युवाले पनि यस्ता प्रतियोगितामा भाग लिने आशा उनले बोकेका छन्     

विक्रम विगत १६ वर्षदेखि आफ्नो परिवारसहित बेलायतको अल्डरसटमा बसोबास गर्दै आएका छन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू