शुक्रबार, वैशाख १४, २०८१
02:03 | ०६:४८

‘मिस यूनिभर्स ग्रेट ब्रिटेन २०२१’ मा भोट दिन प्रतिष्ठाको अपिल

नेपाली लिङ्क अक्टोबर ८, २०२१

लन्डन । आउँदो १६ अक्टोबर हुने ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’ २०२१ मा बेलायतस्थित अल्डरसटनिवासी प्रतिष्ठा राउत फाइनलिष्ट बन्न सफल भएकी छन् । प्रतिष्पर्धाका लागि सबैभन्दा बढी भोट प्राप्त गर्नेले 
‘पिपुल्स च्वाइस्’ अन्तर्गत १५ पोइन्ट प्राप्त गर्नेछन् । यसैगरी दोस्रो हुनेले १० र तेस्रो हुनेले ५ पोइन्ट प्राप्त गर्नेछन् ।

भोटिङ गर्नका लागि मिस युनिभर्स जिबीको वेबसाइटमा गएर भोट गर्न सकिनेछ । भोटिङ गर्दा प्रत्येक व्यक्तिले पहिलो पटक एक भोट ‘फ्री’ गर्न पाउनेछन् भने त्यसपछि १५ भोटका लागि ४.९९ युरो, तीन भोटका लागि एक युरो र एक भोटका लागि ०.२९ पेन्स तिर्नुपर्नेछ । आगामी १६ अक्टुबरसम्म हरेक दिन एक व्यक्तिले एक भोट निशुल्क पाउनेछन्  ।

प्रतिष्ठा राउतलाई भोट गर्नका लागि ‘मिस यूनिभर्स ग्रेट ब्रिटेन’ २०२१ फाइनलिष्टको सूचीमा गएर २१ नम्बरको स्टारमा क्लिक गर्नुपर्नेछ । सन् २०१९ को मिस इंग्ल्याण्डमा उनले राम्रो भोट प्राप्त गरेकी थिइन् । मिस इंग्ल्याण्ड २०१९ मा सेकेन्ड रनरअप बन्न सफल प्रतिष्ठा १६ वर्षको उमेरदेखि मोडलिङ गर्दै आएकी छन् ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तिीर्ण प्रतिष्ठा पेशाले ‘प्लोर प्लान आर्किटेक्ट’ हुन् ।

भोटिङको लागि यहाँ क्लिक गर्नुहोला-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू