बेलायतमा राजदूत रेग्मीलाई नै निरन्तरता दिन परराष्ट्रमन्त्रीसंग गेसोको माग


लन्डन । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतस्थित नेपाली राजदूत लोकदर्शन रेग्मीको निन्तरता माग गरेको छ ।
मंगलबार नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्कालाई एक ज्ञापनपत्र बुझाउँदै गेसोले गोर्खा वार्ता निष्कर्षमा नपुगञ्जेल राजदूत फिर्ता नबोलाउन माग गरेको हो ।
गेसोका उपसभापति जीतबहादुर राईले परराष्ट्र मन्त्रालय पुगेर ज्ञापनपत्र बुझाएको गेसोले जनाएको छ ।
ज्ञापनपत्रमा भूतपूर्व गोर्खाहरुको मुद्धामा बेलायत र नेपालका सरकारबीच वार्ताको मिति तय भइसकेको अवस्थामा राजदूत फिर्ता बोलाउने निर्णय फिर्ता गर्न सरकारलाई आग्रह गरिएको छ ।
वार्ता प्रक्रियाको केन्द्रमा रहेका राजदूत फिर्ता बोलाइए समग्र वार्ता नै अन्योलमा पर्ने ठहर गेसोको छ ।
ज्ञापनपत्रमा गेसोले गोर्खाहरुका समान पेन्सन र अधिकारसम्बन्धि मागहरु पूरा गर्नतर्फ नेपाल सरकारको तर्फबाट प्रभावकारी पहल गरिदिन पनि आग्रह गरेको छ ।
नवनियुक्त परराष्ट्रमन्त्री खड्कालाई बधाई तथा शुभकामनासहित गेसोले गोर्खाहरुको मुद्धा पार लगाएर इतिहास रच्न अनुरोध गरेको छ ।
गेसोको ज्ञापनपत्र:
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५