बिहीबार, वैशाख १३, २०८१
14:28 | १९:१३

बेलायतमा घटेन दैनिक कोरोना संक्रमित संख्या

रासस-सिन्ह्वा सेप्टेम्बर २७, २०२१

लण्डन–बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ती संक्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमा जनाइएको छ ।

प्राप्त समाचारअनुसार यहाँ आइतबार मात्र ३२ हजार ४१७ जना संक्रमित भेटिएका हुन् । गएको २४ घन्टा यतामात्र थपिएका ती संक्रमतिहरुसँगै यहाँ अहिलेसम्म संक्रमित हुनेको संख्या ७६ लाख नाघेको छ ।

स्वास्थ्य अधिकारीहरुकाअनुसार यहाँ आजसम्म संक्रमितहरुको संख्या ७६ लाख ६४ हजार ५२० जना पुगेको छ । त्यसैगरी यहाँ संक्रमणबाट १ लाख ३६ हजार १६८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी गएको २४ घन्टामा मात्र ५८ जनाको संक्रमणबाट ज्यान गएको बताइएको छ । लन्डनमा कोभिड १९ को अवस्था पछिल्लो समय सामान्यजस्तो देखिएपनि पछिल्ला दिनमा फेरि यो बढ्दै जान थालेको छ । केही समयअघि यहाँ भाइरसका संक्रमितहरु घटेपछि जनजीवन पनि सामान्य बनाइएको थियो । तर पछिल्ला हप्ताहरुमा महामारीको संक्रमण फेरि बढ्न सक्ने खतरा देखिएको छ । पछिल्ला केही दिनयता यहाँ हरेक दिन ३० हजार जना भन्दा पनि बढी संक्रमित थपिने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू