बुधबार, वैशाख १२, २०८१
01:45 | ०६:३०

यूकेकी गायिका पारु नयां कोशेलीका साथ

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२१


लन्डन । बेलायत निवासी गायिका पारु राई अर्को कोसेलीका साथ आएकी छन् । उनले पछिल्लोपटक ‘यो माया हैन र ?’ को म्यूजिक भिडियो आफ्ना दर्शकहरुलाई पस्किएकी हुन् ।

गायिका पारुकै शब्द सृजना रहेको गीतमा पारुलाई गायक मनोज थापाले साथ दिएका छन् । गायक थापाकै संगीत संयोजन रहेको गीतको भिडियो शनिबार पारुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

बेलायतका ऐतिहासिक र रमणीय स्थानमा छायांकन गरिएको यस गीतमा पारु राई, मण्डल थेबे र बिपना गुरुङको अभिनय छ । माया र प्रेममा हुने उतारचढाव, विश्वास र धोकालाई नजिकबाट केलाइएको ‘यो माया हैन र ?’ को भिडियो वास्तविक कथामा आधारित छ जसको निर्देशन, छायांकन तथा सम्पादन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । तीन दिन लगाएर छायांकन गरिएको भिडियोको कन्सेप्ट गायिका पारु र सुष्माको हो ।

बेलायतमा पत्रकारितासंगै म्यूजिक भिडियो निर्देशकीय पाटोमा समेत अब्बल मानिने युवा निर्देशक कुशलले यो सहित ३ दर्जन बढी भिडियो निर्देशन, सम्पादन र छायांकन गरिसकेका छन् । कुशलले पारुको भर्खर सार्वजनिक भिडियोलाई आशा लाग्दो भिडियो भएको बताए ।

त्यस्तै भिडियोको सह निर्देशन गायिका पारु र सूर्य मोक्तान तामाङले गरेका हुन् ।

त्यस्तै भिडियोका नायक बेलायती सेनामा कार्यरत मण्डल थेबेको भूमिकाको पनि धेरैले प्रशंसा गरेका छन् । व्यस्त समय बाबजुत पनि कलाकारितामा अभ्यस्त बनिरहेका थेबे कलाकारिता विद्यालाई एकदमै सम्मान गर्ने व्यक्ति हुन् । जागिरबाट समय मिलाएर गीत संगीत तथा अभिनयमा रमाउने थेबे ‘टिकटक’ मा युवाहरुलाई प्रेरणादायी सन्देश (मोटिभेशनल म्यासेज) साथै गोर्खा भर्ती सम्बन्धी जानकारी प्रस्तुत गर्ने गर्छन् ।

त्यस्तै मेकअपलाई प्रोफेसन बनाउन रुचाउने मेकअप आर्टिस्ट विपना गुरुङले यस गीत मार्फत अभिनयमा डेब्यू गरेकी छिन् । लामो समयदेखि बेलायतमा बस्दै आएकी विपना कलाकारितामा राम्रो सम्भावना देख्छिन् ।

‘यो माया हैन र ?’ को छायांकनको समयमा निकै रमाइलो अनुभव गरेकी गायिका पारु राई भन्छिन्- ‘दर्शकको मायाले यहाँसम्म आउन सफल भयौँ । भोलिका दिनमा पनि नयाँ सामाग्री लिएर आउनेछौं ।’

गायिका पारुले यसअघि ‘तिम्रो तृष्णा’ बोलको गीत बजारमा ल्याएकी थिइन् जसले राम्रो चर्चा बटुलेको थियो ।

भिडियोः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू