बिहीबार, वैशाख १३, २०८१
05:07 | ०९:५२

युरोपमा मदिराको कर दोब्बर पारिंदै

रासस–एएफपी सेप्टेम्बर २०, २०२१

कोपेनहेगन, असोज ४– विश्व स्वास्थ्य संगठनले सोमबार युरोपमा मदिराको कर दोब्बर बनाउन सुझाव दिएको छ । यस कदमले मदिरा सेवनमा कमी आउने र क्यान्सर रोगबाट बर्षेनी हुने मृत्युदरमा समेत कमी ल्याउन सकिने अपेक्षा गरिएको छ ।

क्यान्सरको रोकथापका लागि यो कदय उपयुक्त र प्रभावकारी हुने विश्वास लिइएको छ । यो सिफारिस लागू भएमा मदिरा सेवनबाट हुने विविध रोगहरू मध्ये उच्च रक्तचाप, कोलस्ट्रोल, कलेजो र मुटु रोग लगायतमा कमी आउने विज्ञले बताएका छन् । रुस र बेलायत लगायतका देश यो निर्णयबाट प्रत्यक्ष लाभान्वित हुनेछन् ।

विश्व स्वास्थ्य संगठनको प्रक्षेपण अनुसार यस कदमबाट १०,७०० नयां क्यान्सरबाट हुने मृत्यु र ४,८५० मदिरा सेवनबाट हुने क्यान्सरबाट हुने मृत्यु घटाउन सकिनेछ । यो तथ्यांकले युरोप क्षेत्रमा हुने क्यान्सरको आक्रमण र मृत्यु दरको ६ प्रतिशतलाई प्रतिनिधित्व गर्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार यस क्षेत्रमा १८०,००० क्यान्सरको रोगी र ८,५००० मृत्यु मदिरा सेवनसँग सम्बन्धित रोगबाट हुने गरेको अनुमान गरिएको छ । युरोपका २७ देशहरूमा मदिराको कर कमी रहेको उल्लेख गरिएको छ । विश्व स्वास्थ्य संगठनले बताए अनुसार ४८ लाख क्यान्सरका रोगीहरू वर्षेनी युरोपमामात्र पत्ता लाग्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू