शनिबार, वैशाख ८, २०८१
01:47 | ०६:३२

ब्राइटन सामुन्द्रिक किनारमा सालैजो भाका

नेपाली लिङ्क सेप्टेम्बर २०, २०२१

लन्डन । लन्डनमा  बस्दै आएका भूपू गोर्खाहरुलाई बेलायतको ब्राइटनस्थित लोकप्रिय सामुन्द्रिक किनारको भ्रमण गराइएको छ ।  

बेलायतका विभिन्न क्षेत्रमा बस्ने भूपू गोर्खाहरुलाई कल्याणकारी सेवा दिदै आइरहेको अन्तराष्ट्रिय संस्था ‘कम्युनिटिज् एण्ड नेचर’ (क्यान) को आयोजनामा शनिबार उनीहरुलाई ब्राइटन भ्रमण गराइएको हो ।

सामुन्द्रिक किनारमा पुगेका गोर्खाहरु एक आपसमा भलाकुसारी गर्दै पिकनिक खाएर मादलको तालमा नाचगान गर्दै रमाएका थिए । सालैजो  भाकाका गीतहरु सुनेर साउथ अफ्रिकादेखि आएका पर्यटकहरुले पनि मनोरञ्जन लिएका थिए भने अन्य विदेशीहरु पनि फोटो खिचिरहेका थिए । 

सामुन्द्रिक किनारमा मात्र हैन, भ्रमणमा आउँदा-जाँदा बाटोमा पनि  दोहोरी गीत गाउँदै रमाइलो गरिएको समाजसेवी डेभिड गुरुङले बताए । त्यस्तै, रिटार्यर्ड डब्लु ओटु खम्बासिंग राईले भने, ‘दुई बर्षको अन्तरालपछि लामो दुरीको यात्र गरी रमाईलो गर्ने मौका पाइयो, आयोजकलाई हामी सबैको तर्फबाट धन्यवाद ।’ 


सेप्टेम्बर महिनाको तेस्रो हप्ता भए पनि मौसमले साथ दिएकोमा सबै हाँसीखुशी देखिन्थे । बिहानको एघार बजे दुईवटा कोचले उनीहरुलाई लण्डनको नर्थोल्टबाट पिक अप गरी ब्राइटन सामुन्द्रिक किनार भ्रमण गराएर बेलुका घर फर्काएका थिए । 

कार्यक्रमका लागि तमुधिं लन्डन, नातागोता यूके, स्याङजा समाज यूके, सोंपाल समाज यूके लगायतका संस्थाहरुले क्यानसंग सहकार्य गरेका थिए । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू