शुक्रबार, वैशाख १४, २०८१
20:53 | ०१:३८

वैदेशिक रोजगार पत्रकार समाजको अध्यक्षमा उद्धवराज, वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२१

काठमाण्डौं । वैदेशिक रोजगार पत्रकार समाजको नयां कार्यसमिति सर्वसम्मत चयन भएको छ । समाजको आइतबार सम्पन्न १२ औं साधारणसभाले आगामी २ वर्षका लागि उद्धवराज भट्टराईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो ।

भट्टराई यसअघि समाजका वरिष्ठ उपाध्यक्ष थिए । नयां कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा इन्द्रलक्ष्मी घिमिरे, उपाध्यक्षमा रेशमराज पौडेल, महासचिवमा केशव भूल, सचिवमा निर्मला घिमिरे र कोषाध्यक्षमा मनुका कुंवर निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यमा अरिश्मा मोक्तान, अमिर लामा, प्रविन राउत र सुरेन्द्र बजगाई चयन भएका छन् ।

समाजको सल्लाहकारमा मदनकुमार श्रेष्ठ, रुद्र खडका, मधुजंग पाण्डे, रामजी बगाले र घनश्याम आचार्य चयन भएका छन् । १२ औं वार्षिक साधारण सभा तथा वार्षिकोत्सवको अवसरमा समाजले प्रकाशन गरेको स्मारिका ‘श्रम तथा आप्रवासन’ समेत विमोचन गरिएको छ ।

वैदेशिक रोजगार पत्रकार समाज श्रम तथा वैदेशिक रोजगारीको क्षेत्रमा कलम चलाउने सञ्चारकर्मीको साझा संस्थाको रुपमा विगत १३ वर्षदेखि क्रियाशिल छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू