शुक्रबार, वैशाख ७, २०८१
11:39 | १६:२४

कृष्ण तिवारीको अध्यक्षतामा नेकपा एकीकृत समाजवादी यूके गठन

नेपाली लिङ्क सेप्टेम्बर १२, २०२१

 

लन्डन । बेलायतमा नेकपा एकीकृत समाजवादी यूके (ओएनयूएफ यूके) राष्ट्रिय संगठन कमिटी गठन भएको छ । १२ सेप्टेम्बर आइतबार अल्डरसटमा सम्पन्न भेलाले बेलायतस्थित व्यवसायी कृष्ण तिवारीको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन गरेको हो ।

प्रवासी नेपाली मञ्च यूकेका उपाध्यक्ष उमेशराज मोक्तानको अध्यक्षतामा संघका पदाधिकारीहरु र सदस्यको सहभागितामा सम्पन्न बैठकले माधवकुमार नेपाल समूहको प्रवासी नेपाली मञ्च विधिवत विघटन गरि नेकपा एकीकृत समाजवादी यूके गठन गरेको छ ।

उक्त कमिटीमा वरिष्ठ उपाध्यक्षमा उमेशराज मोक्तान, उपाध्यक्ष सुशिला राई, महासचिव अर्जुन खतिवडा, कोषाध्यक्ष पुरुषोत्तम शर्मा र सदस्यहरुमा एस के गुरुङ, प्रकाश न्यौपाने, दिपक तामाङ, आयुष गुरुङ, नवीन राई, घनश्याम लामा, इन्दिरा बस्याल, मेनुका थापा, शुशी गुरुङ, दिपेन्द्र अधिकारी, अभिषेक कटुवाल, नोर्वु शेर्पा निर्विरोध चुनिएका छन् ।

प्रवासी नेपाली मञ्चका निवर्तमान वरिष्ठ उपाध्यक्ष रामजी बराललाई समितिको सल्लाहकार चयन गरिएको छ । भविष्यमा कमिटीमा पदाधिकारी र सल्लाहकारहरु चयन गरिने अध्यक्ष कृष्ण तिवारीले बताए ।

नवगठित कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथी नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा विदेश विभाग प्रमुख श्रीप्रसाद शाहले पार्टीको विधान अनुसार ‘भर्चुअल’ शपथ ग्रहण गराए ।

उनले कमिटीलाई बधाइ दिंदै पार्टीको विधि विधान, पद्धति र मान्यतालाई साथ दिंदै मन, वचन र कर्मले राष्ट्र, जनता र पार्टीप्रति बफादार हुन पनि आग्रह गरे । प्रवासमा रहेका सबै नेपालीहरुसंग हातेमालो गर्दै कमिटी विस्तार गर्न पनि शाहले अनुरोध गरे ।

त्यसैगरि, भर्चुअल उपस्थित भएका विशेष अतिथी युरोप सचिव शुभाष पोखरेल र प्रत्यक्ष उपस्थित अतिथी प्रदेश नम्बर १ सदस्य तथा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य सुष्मा राईले पनि निर्वाचत सबैलाई बधाई तथा शुभकामना दिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू