स्वीन्डनमा दूतावासको घुम्ती कन्सुलर सेवा शिविर हुंदै


लन्डन । लन्डनस्थित नेपाली दूतावासले बेलायतको स्वीन्डनमा घुम्ती कन्सुलर सेवा शिविर गर्ने भएको छ । स्थानीय नेपलिज एसोसिएसन अफ वील्सायरको संयोजनमा आउंदो १८ सेप्टेम्बरमा शिविर हुन लागेको हो ।
घुम्ती कन्सुलर सेवा शिविरमा राहदानी नवीकरण, अधिकृत वारेसनामा, कागजात प्रमाणीकरण, पर्यटक भिसा, एक तर्फी यात्रा अनुमति पत्र जस्ता सेवा दिइनेछ ।
बिहान ९ देखि दिउसो ३ बजेसम्म बकहस्र्ट कम्युनिटी सेन्टर (डुम हल) मा कार्यक्रम गर्ने तयारी भएको एसोसिएसनका अध्यक्ष ज्ञान प्रसाद गुरुङले जानकारी दिए ।
उनले नेपालीलाई दूतावासको घुम्ती कन्सुलर सेवाको लाभ लिन पनि समस्त स्वीन्डनवासीमा अपिल गरेका छन् ।
स्वीन्डनबाट विशेषगरि वृद्धवृद्धा र जागिरेलाई लन्डनसम्म आउन दुःख नहोस् भन्ने हेतुले दूतावाससंग घुम्ती सेवा माग गरिएको पनि अध्यक्ष गुरुङले बताए । शिविर सञ्चालनका लागि हल एवं अन्य ब्यवस्थापन गर्न प्रति डकुमेन्ट १० पाउण्ड संकलन गरिने पनि उनले जनाए ।