शुक्रबार, चैत १६, २०८०
14:34 | २०:१९

किरात राईहरुको जन्म-मृत्‍यु संस्कारसम्बन्धि काङमाङको पुस्तक विमोचन

नेपाली लिङ्क सेप्टेम्बर ६, २०२१

लण्डन । लेखक नरेश काङमाङ राईद्धारा संकलन तथा लेखन गरिएको पुस्तक  ‘साखुङ्बारा’ अर्थात ‘रजस्वला’ को विमोचन भएको छ ।

शनिबार किरात राई यायोक्खा लण्डन प्रारम्भिक कार्यसमितिको पाचौं अधिवेशनको उद्घाटन सत्रमा पुस्तक विमोचन गरिएको हो । प्रमुख अतिथि अध्यक्ष कल्पना राई र विशेष अतिथि डा. सुमाया राईले संयुक्त रुपमा कृति विमोचन गरेका थिए 

किरात राई २२ भाषीहरुको जन्मदेखि मृत्‍यु संस्कारको विषयमा लेखिएको पुस्तक किरात राई यायोक्खा प्रारम्भिक कार्यसमिति लण्डनले प्रकाशित गरेको हो । 

पुस्तक विमोचनका क्रममा विशेष अतिथि डा. सुमाया राईले काङमाङको ‘साखुङवारा’ ले किरात राईहरुको संस्कार संस्कृतिको खोज अनुसन्धान र अन्वेषणको ढोका खोलेको बताइन् । साथै, पुस्तक अन्य लेखकहरुका लागि समेत राम्रो सन्दर्भ सामग्री भएको उनको भनाइ थियो   

लेखक नरेश काङमाङले पुस्तकको बारेमा संक्षिप्त जानकारी गराए। उनले भने, ‘यो शुरुवात हो, पूर्ण हैन ।’

यो पुस्तकभित्र धेरै कुरो नसमेटिएको तर केही नयाँ कुरा पनि आएको काङमाङले बताए। ‘यो एउटा सानो प्रयास मात्र हो । एउटा भाषीले अर्को भाषीको विषयमा खोज, अनुसन्धान गर्नु निकै चुनौती पूर्ण हुने रहेछ’, उनले सुनाए ।

किराया बेलायतका अध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि कल्पना राईले पुस्तक संकलन र लेखन गरेकोमा लेखक नरेश काङमाङ राईलाई र प्रकाशक प्राकास लण्डनलाई बधाई तथा शुभकामना व्यक्त गरिन्   

अधिवेशनले विमलाकुमारी राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । जसअनुसार उपाध्यक्षहरुमा नवलक्ष्मी राई र पुरु राई चयन भएका छन् भने सचिवमा किरण राई तथा सहसचिवहरुमा सीमा राई र जोशन राई चयन भएका छन । 

सर्वसम्मत रुपमा निर्वाचित भएको समितिको कोषाध्यक्षमा योजन राई र सह-कोषाध्यक्षहरुमा अञ्जना राई र सन्दीप राई निर्वाचित भएका छन् । 

त्यस्तै, सदस्यहरुमा वेगाहाङ राई, सोनाहाङ राई, सुरेशकुमार राई, कशिस राई, मनिकला राई, मीनु राई, सुकमाया लिम्बु राई, रमना राई, कुमार माङपाहाङ राई, निलम राई र सुनिल राई निर्वाचित भएका छन् ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू