शुक्रबार, वैशाख ७, २०८१
18:58 | २३:४३

तीजको दिन प्लमस्टिडमा विशेष कार्यक्रम, सामूहिक पूजा र नाचगान गरिने

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२१

लन्डन । सधैंका वर्षहरु जस्तै यसपटक पनि हरितालिका तीजका दिन साउथ इष्ट लन्डनमा विशेष कार्यक्रम हुने भएको छ ।

प्लमस्टिडस्थित पशुपतिनाथ मन्दिरको आयोजनामा यही सेप्टेम्बर ९ तारिख बिहीबार तीजकै दिन स्थानीय एशियन कम्युनिटी सेन्टरमा तीज विशेष कार्यक्रम गर्न लागिएको हो ।

करिब डेढ दशकदेखि हरेक वर्ष निरन्तर हुँदै आएको कार्यक्रम गत वर्ष कोभिड महामारीका कारण हुन सकेको थिएन ।

आयोजक मन्दिर व्यवस्थापन समितिका अध्यक्ष दासुराम पाण्डेका अनुसार दिउँसो १ देखि बेलुका ७ बजेसम्मलाई  कार्यक्रमको तालिका छ ।

दिउँसो २ बजेदेखि व्रतालु महिलाहरुको लागि सामूहिक पूजाको कार्यक्रम राखिएको छ । त्यसपछि बेलुकासम्म नाचगानको रमाइलो हुनेछ ।

कार्यक्रमलाई थप मानोरन्जनात्मक बनाउन डिजे पनि व्यवस्था गरिएको छ । डिजे हेम विष्टले नयाँ-पुराना गीतहरु बजाएर दिदीबहिनीलाई नचाउनेछन् ।

आयोजक मन्दिर व्यवस्थापन समितिले व्रतालु महिलाहरुको लागि निशुल्क पानी, फलफूलको प्रबन्ध गरेको छ । कार्यक्रममा १० वर्षभन्दा माथिका सबैलाई ५ पाउन्ड प्रवेश शुल्क लिइनेछ ।   

एउटै कार्यक्रममा तीजको पूजा र रमाइलो नाचगान पनि हुने भएकाले व्रतालु महिलाहरुको लागि सहज हुने अपेक्षा मन्दिर समितिको छ ।

‘कार्यक्रममा सहभागिताको लागि हामी सबै दिदीबहिनीहरुलाई आव्हान गर्दछौं । एउटै भेन्यूमा पूजाआजासहित नाचगान पनि गर्न सकिने भएकाले सबैलाई सुविधा हुन्छ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष पाण्डेले भने ।

कार्यक्रमसन्बन्धि कुनै जिज्ञासाहरु भए आयोजक समितिका सरिता पौडेल, राधा खरेल, मञ्जु गौतम र राधा सापकोटालाई सम्पर्क राख्न आग्रह गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू