गल्कोट समाज यूकेमा नयाँ कार्यसमिति, अध्यक्ष भोजराज कँडेल


लन्डन । बेलायतवासी गल्कोटेहरुको संस्था ’गल्कोट समाज यूके’ ले नयाँ नेतृत्व पाएको छ ।
मंगलबार मिडल्यान्डको बर्मिङहम, वेष्ट ब्रोमिचमा सम्पन्न तेस्रो अधिवेशनले भोजराज कँडेलको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।
अध्यक्ष निर्वाचित कंडेल अघिल्लो कार्यसमितिमा उपाध्यक्षको भूमिकामा थिए ।
नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष गोविन्दराम कंडेल र चन्द्र साहनी, महासचिव विष्णु चालिसे, सचिवमा सुजन गौतम, कोषाध्यक्षमा गंगाधर र सहकोषाध्यक्ष लाल थापा निर्वाचित भएका छन् ।
त्यस्तै, कार्यसमिति सदस्यहरुमा डा. पुष्प उप्रेती, डिलाराम गैरे, तेजबहादुर भण्डारी, राजु बोहोरा, राजु सापकोटा, अमरनाथ गैरे, धनबहादुर केसी, राम थापा, किसान खत्री, सिता खराल, नगेन्द्र खड्का, सुरेश परियार, दशरथ खरेल, सुरेश भण्डारी, मोती सुवेदी, अशोक बुढाथोकी, हरि घर्ती र नारायण खरेल छन् ।
रेशम बुढाथोकीको संयोजकत्वमा एनआरएनए केन्द्रीय सल्लाहकार सोम सापकोटा, शान्ति नेपाली समाज बेलायत अध्यक्ष भोजराज भण्डारी र साझा नेपाली समाज यूके अध्यक्ष कृष्ण सापकोटा सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरेको थियो ।
यसअघि अधिवेशनले मिडल्यान्डमा एक, लन्डन र वेल्स एक तथा स्कटल्यान्ड र आयरल्यान्डमा एक गरी तीन क्षेत्रीय समिति गठन गर्ने निर्णय गरेको थियो ।
तीनवटै क्षेत्रीय समितिहरु केन्द्रीय समितिका उपाध्यक्षहरुले संयोजन गर्ने समेत योजना बनाइएको नवनिर्वाचित महासचिव विष्णु चालिसेले जानकारी दिए ।
नवनिर्वाचित कार्यसमितिको घोषणापछि निवर्तमान कार्यसमितिका अध्यक्ष राजु कंडेलले बधाई तथा कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।
त्यस्तै, नवनिर्वाचित कार्यसमितिका तर्फबाट अध्यक्ष कंडेलले संस्थालाई थप उचाइमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता गरेका थिए ।
बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट आएर बेलायतमा बसेका गल्कोटेहरुले सन् २०१६ मा गल्कोट समाज यूके स्थापना गरेका हुन् ।
समाजले स्थापनाका शुरुवाती वर्षहरुमै बाग्लुङ तथा देशका अन्य स्थानमा समेत थुप्रै परोपकारी काम गरिसकेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५