शनिबार, वैशाख २९, २०८१
16:10 | २०:५५

इनास यूकेको नेतृत्व फेरि विनोद चिपालुलाई

नेपाली लिङ्क अगस्ट १५, २०२१

लन्डन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) यूके शाखामा विनोद चिपालुकै नेतृत्व दोहोरिएको छ ।  

आइतबार सम्पन्न संस्थाको चौंथो अधिवेशनले निवर्तमान समितिकै अध्यक्ष चिपालुको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  

सर्वसम्मत रुपमा चुनिएको नयाँ कार्यसमितिमा सर्वेन्द्र अधिकारी र दीपक थापा उपाध्यक्ष, सञ्जयभक्त कंडेल महासचिव, सुजन पराजुली सचिव र लालमणि भट्टराई कोषाध्यक्ष छन् ।

त्यस्तै, माया केसीले सदस्य तथा आर्थिक स्रोत व्यवस्थापन संयोजकको जिम्मा पाएकी छन् ।  

कार्यसमितिको सदस्यमा सत्यप्रसाद प्रजापति चयन भइसकेका छन् भने अन्य सदस्य पछि मनोनित गरिने भएको छ ।  

यसअघि अध्यक्ष चिपालुको अध्यक्षतामा सम्पन्न अधिवेशनमा प्रत्यक्ष तथा भर्चुअल दुवै माध्यमबाट गरी अतिथिहरु सहभागी भएका थिए ।  

अधिवेशनलाई लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनाल, इनास ग्लोबलकी अध्यक्ष कमला दाहाल, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, इनास ग्लोबलका महासचिव मनिषकुमार श्रेष्ठ, इनास यूके पूर्व अध्यक्ष रजनी सुनुवार, कलाकार सनमकुमार वैराग, गायक योगेश्वर अमात्य, वरिष्ठ पत्रकार भगिरथ योगी लगायतले शुभकामना दिएका थिए ।  

नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्ष रहनेछ ।

दोस्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित चिपालुले बेलायतमा नेपाली कला-संस्कृतिको प्रवर्द्धन् गर्ने, लुकेर बसेका कलाकारहरुको प्रतिभालाई उपयुक्त प्लेटफर्म उपलब्ध गराउने, बेलायतस्थित सबै नेपाली कलाकारलाई संगठित र एकताबद्ध गर्ने जस्ता एजेन्डा आफ्नो मूल प्राथमिकतामा रहने बताएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू