शुक्रबार, चैत १६, २०८०
18:29 | ००:१४

बेलायतको स्वीन्डनमा सडक सरसफाइमा जुटे नेपाली

नेपाली लिङ्क अगस्ट ११, २०२१


लन्डन । बेलायतको स्वीन्डन क्षेत्रमा बस्ने नेपालीले स्थानीय क्षेत्रमा गर्दै आएको आफ्नो सामुदायिक गतिविधिलाई निरन्तर राखेका छन् ।

यसै क्रममा गत साता उनीहरु स्थानीय सडक सरसफाइमा  जुटे । नेप्लिज एशोसिएसन अफ विल्शायर, स्वीन्डनको आव्हानमा शनिबार सरसफाइ कार्यक्रम गरिएको थियो । जसमा स्थानीय नेपाली समुदायका सदस्यहरु स्वस्फूर्त रुपमा सहभागी बनेका थिए । कतिपय ज्येष्ठ नागरिकहरुले समेत सरसफाइमा भाग लिएका थिए ।  

उनीहरुले स्वीन्डनको कोट वाटर पार्क र साउथ स्वीन्डन आसपासमा विभिन्न सडक छेउका फोहोर टिपेका थिए ।  

त्यस क्रममा स्थानीय पेरिश बरोका काउन्सिलरहरुले समेत उनीहरुलाई साथ दिएका थिए ।  

नेप्लिज एशोसिएसन अफ विल्शायर, स्वीन्डनका अध्यक्ष ज्ञानप्रसाद गुरुङले सरसफाइ कार्यक्रममा सहभागी हुने समाजका सबै सदस्यप्रति आभार प्रकट गरेका छन् ।

‘यहांको लोकल काउन्सिलसँग हामीले विगतदेखि नै सहकार्य गर्दै आएका छौं । त्यसैको निरन्तरतास्वरूप यसपटक सरसफाइमा सहयोग गरेका हौं’, अध्यक्ष गुरुङले भने ।  

एशोसिएसनले यसअघि पनि स्थानीय काउन्सिलको सहयोगार्थ यसरी नै सरसफाइ कार्यक्रम गरेको थियो ।  

महामारीका बेला एनएचएसलाई १० हजार पाउन्ड सहयोग गरेको संस्थाले त्यसपछि स्थानीय स्वास्थ्यकर्मी, प्रहरीका साथै होमलेसहरुलाई भोजन गराएको थियो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू