बेलायतमा एकैदिन १४६ संक्रमितको मृत्यु, पांच महिनायताकै उच्च


लन्डन–कोरोना महामारीमा थप शक्तिशाली देखिएको ‘इन्डियन भेरिएन्ट’ को संक्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्र बढ्न थालेको छ ।
बेलायती अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा पाँच महिनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको छ ।
यहाँ गएको २४ घन्टामा १४६ जनाको संक्रमणबाट निधन भएको छ । यो संख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।
उता अधिकारीले गत हप्ताको तुलनामा कोभिड संक्रमण दुई गुणाले बढेको तथ्यांकले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मंगलबारमात्र यहाँ २४ घन्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ ।
यो समेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यहाँ पछिल्लो समयमा मृत्युको संख्या बढ्न थालेको बताइएको छ ।
कोरोनाविरुद्धको खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्कता अपनाउन बेलायत सरकारले भनिरहेको छ । यहाँ संक्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।
स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोनाको संक्रमण देखिएको छ ।
यो समेतगरी अहिलेसम्म यहाँ यो सङ्क्रमणबाट ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । बेलायत सरकारले कोरोना विरुद्धको खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५