मंगलबार, मंसिर २१, २०७८
08:49 | १४:३४

नेपालमा थप तीन हजार ६५१ नयाँ संक्रमित

रासस अगस्ट ९, २०२१

काठमाडौँ– ​पछिल्लो २४ घण्टामा थप तीन हजार ६५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा १६ हजार ५९४ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

देशभरका विभिन्न प्रयोगशालामा १० हजार ४४५ जनाको आरटी–पिसीआर परीक्षण गर्दा दुई हजार ६०९ जनामा सङ्क्रमण पुष्टि भएको छ भने सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी छ हजार १४९ जनाको एन्टिजेन परीक्षण गरिएकोमा एक हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

देशका विभिन्न ठाउँमा २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ११५ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टाभित्र नेपालमा थप एक हजार ७८४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेशनमा रहेका ती सङ्क्रमित सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । ​ यससँगै नेपालमा कोरोना सङ्क्रमित भइ निको हुने दर ९३ दशमलव ५ प्रतिशत छ । हालसम्म छ लाख ७१ हजार ८३ जना सङ्क्रमणमुक्त भएका छन् ।

त्यसैगरी देशभर ३६ हजार २८८ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेशनमा छन् भने संस्थागत आइसोलेशनमा तीन हजार ३८१ जना छन् । सात सय ४१ जना आइसियुमा र १८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । देशभर ४४१ जना क्वारेन्टिनमा रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू