मंगलबार, वैशाख २५, २०८१
19:14 | २३:५९

अगस्ट १५ मा साउथ इष्ट लन्डनमा यूकेव्यापी भलिबल प्रतियोगिता

नेपाली लिङ्क अगस्ट ९, २०२१

लन्डन । बेलायतको साउथ इष्ट लन्डनमा यूकेव्यापी भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।  

ग्रीनवीच भलिबल परिवारको आयोजनामा ‘दोस्रो ग्रीनवीच भलिबल परिवार कप’ यहि अगस्ट १५ आइतबार आयोजना हुँदैछ । वुल्लिचको रोयल आर्टिलरी ब्यारेकको मैदानमा प्रतियोगिता संचालन हुनेछ ।

क्लबका सचिव कृष्ण खरेलका अनुसार प्रतियोगितामा बेलायतभरका नेपाली भलिबल खेलाडीहरुका टीम आमन्त्रित छन् ।  

प्रतियोगिताका विजेतालाई नगद साढे १२ सय पाउन्डसहितको पुरस्कार व्यवस्था छ ।  त्यस्तै, दोस्रो र तेस्रो हुनेले क्रमश: ७ सय र ३ सय पाउन्ड नगदसहितको पुरस्कार प्रदान गरिनेछ ।  

प्रतियोगितामा भाग लिन इच्छुक खेलाडीहरुलाई आफ्नो टीम दर्ता गर्न आव्हान गरिएको छ । टीम दर्ताका लागि १ सय ७० पाउन्ड शुल्क लाग्नेछ ।  

टीम दर्ताका आयोजक ग्रीनवीच भलिबल परिवारका अध्यक्ष रविन्द्र रोका, कमल राना, कुमार गुरुङ, चन्द्र रानालाई सम्पर्क गर्न सकिनेछ ।  

आयोजक ग्रीनवीच भलिबल परिवारले प्रतियोगिताका दिन खेलाडीहरुको मनोबल बढाउन दर्शकहरुलाई समेत उपस्थितिका लागि अपिल गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू