शनिबार, माघ २६, २०८१
गोर्खा सत्याग्रह अभियानलाई तमु समाज बेलायतको आर्थिक सहयोग


नेपाली लिङ्क
अगस्ट ८, २०२१
लन्डन । बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्तालमा उत्रिएका भूतपूर्व गोर्खाहरुको अभियानमा तमु समाज बेलायतले आर्थिक सहयोग गरेको छ ।
तमु समाज यूकेले सत्याग्रह समितिलाई अनसनस्थलमै गएर ८५२ पाउण्ड सहयोग गरेको हो । सहयोग रकम समाजका संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, महासचिव धरम बल गुरुङ र संयोजक कमल गुरुङले हस्तान्तरण गरेका थिए ।
गोर्खा सत्याग्रह संघर्ष समिति यूकेका महासचिव शैन्द्र थापाले समाजका अध्यक्ष शिवकुमार गुरुङ, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ लगायत सम्पूर्ण कार्यसमितिप्रति आभार व्यक्त गरेकी छन् ।
समान अधिकार माग गर्दै भूतपूर्व गोर्खाहरु शनिबार देखि भोक हड्तालमा उत्रिएका छन् । भोक हड्तालमा ज्ञानराज राई, पुष्पा घले र धन गुरुङ बसिरहेका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
ताजा अपडेट्स
ट्रेन्डिङ
- १
- २
- ३
- ४
- ५