मंगलबार, जेठ १, २०८१
19:00 | २३:४५

बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाले शुरु गरे कठोर भोक हड्ताल

नेपाली लिङ्क अगस्ट ७, २०२१

लन्डन । आन्दोलनरत भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भोक हड्ताल जस्तो कठोर आन्दोलन शुरु गरेका छन् । १७ दिन रिले अनसन बसेपछि शनिबार ७ अगष्टदेखि उनीहरुले भोक हडताल शुरु गरेका हुन् ।

भोक हडतालमा भूपू गोर्खाहरु ज्ञानराज राई र धनबहादुर गुरुङ एवं गोर्खा एकल महिला पुष्पा राना घले बसेको गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयले शनिबार नै सत्याग्रह प्रमुख संयोजक राईलाई बेलायत सरकारसंग कूटनीतिक पहललाई निरन्तरता दिइने व्यहोराको एक पत्र लेख्दै भोक हडताल लगायत विरोध कार्यक्रम फिर्ता लिइदिन आग्रह गरेपनि गोर्खाहरुले सो अनुरोध इन्कार गरेका हुन् ।

परराष्ट्र सहसचिव निर्मलराज काफ्लेले सत्याग्रहलाई लेखेको पत्रमा संयुक्त प्राविधिक समितिको प्रतिवेदनका आधारमा आगामी चरणको वार्ताका लागि अनुरोध गर्दै बेलायत सरकारलाई शनिबारै पत्राचार गरिएको जनाइएको छ ।

प्रमुख संयोजक राईले बेलायतलाई विगतमा पनि पटक पटक अनुरोध भएका तर सुनुवाइ नगरेका कारण विश्वस्त हुन नसकि भोक हड्तालमा उत्रनु परेको जनाए ।

‘हामी अनुरोधमात्र होइन्, बेलायतबाट आधिकारिक जवाफसहित दुई सरकारबीच वार्ता हुने मिति र उच्चस्तरिय वार्ता समिति गठन गरिएमात्र भोक हड्ताल छाड्छौं’, राईले भने ।

भूतपूर्व गोर्खाहरुले ९ नोभेम्बर १९४७ को त्रिपक्षीय सन्धिको भावनाअनुसार समान अधिकार पाउनुपर्छ भन्ने माग राख्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू