बिहीबार, वैशाख १३, २०८१
09:31 | १४:१६

बेलायतमा थप १०३ को मृत्यु, २८ हजार बढी संक्रमित 

नेपाली लिङ्क अगस्ट ७, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १०३ जनाको मृत्यु भएको छ । गएको एकसातामा यहाँ ६२७ संक्रमितको मृत्यु भएको छ जुन अघिल्लो हप्ताको तुलनामा २८.५ प्रतिशतले बढी हो ।

यससंगै बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या हालसम्म एक लाख ३० हजार २८१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २८ हजार ६१२ जना नयाँ संक्रमित फेला परेका छन् । यससंगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ६० लाख ४२ हजार २५२ पुगेको छ । एकसातामा एक लाख ८८ हजार संक्रमित भएका छन् । संक्रमण दर भने अघिल्लो हप्ताको तुलनामा २.२ प्रतिशत घटेको हो ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ६२ लाख ७ हजार ८५१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ६९ लाख ९७ हजार ४९५ जना अर्थात ८८.९ प्रतिशतले खोपको पहिलो डोज र तीन करोड ९२ लाख १० हजार ३५६ जना अर्थात ७४. प्रतिशतले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू