मंगलबार, वैशाख ४, २०८१
09:32 | १४:१७

भदौमा महाधिवेशन सम्भव छैन-महामन्त्री डा कोइराला

रासस अगस्ट ६, २०२१

नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइराला

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले आगामी भदौमा १४ औँ महाधिवेशन सम्भव नरहेको बताएका छन् ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले क्रियाशील सदस्यता विवाद र पार्टी समायोजनका विषयका कारण महाधिवेशन सम्भव नरहेको बताए ।उनले भने,’आन्तरिक समस्या समाधान गरेर महाधिवेशन मङ्सिरसम्ममा हुन्छ ।’

पार्टीभित्र क्रियाशील सदस्यताको विवाद महाधिवेशनका समयमा हुने गरेको जनाउँदै महामन्त्री दाजुभाइ  कोइरालाले  यो परिपाटीको अन्त्य गरी महाधिवेशनभन्दा एक वर्षअघि नै टुङ्ग्याउनुपर्ने बताए। काँग्रेसको महाधिवेशन छिटो हुनुपर्ने आफूहरुको माग रहेको उनको भनाइ थियो ।

‘पार्टी सभापतिका लागि मैले पनि उम्मेदवारी घोषणा गरेको छु । संस्थापन पक्षबाट अन्य दुई जना उम्मेदवार हुनुहुन्छ । सबै निर्वाचन लडे हारिन्छ । एउटा मात्र उम्मेदवार बनाउन छलफल भइरहेको छ’, डा कोइरालाले भने ।फरक प्रसंगमा उनले आफू मन्त्रिमण्डलमा सहभागी नहुने र बाहिर बसेर सरकारलाई सहयोग गर्ने जनाए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू