मंगलबार, वैशाख ११, २०८१
15:05 | १९:५०

एनआरएनए यूके निर्वाचन परिणाम निर्धारित समयमा नै आउने

नेपाली लिङ्क अगस्ट ४, २०२१

लण्डन । एनआरएन यूकेको मंगलबार सम्पन्न निर्वाचनको परिणाम निर्धारित समयमा नै आउने भएको छ । निर्वाचन परिणाम बिहीबार सार्वजनिक गरिने यसअघि नै विभिन्न समाचार माध्यममा उल्लेख गरिएको थियो  ।

निर्वाचनको मतपरिणाम आउन ढिलाई भएको भन्दै व्यापक जनगुनासो आइरहँदा निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज  कंडेलले निर्वाचन समितिद्वारा ‘च्वाइस भोटिङ’ कम्पनीसँग गरिएको करार सम्झौता अनुरुप नै प्रक्रिया अघि बढिरहेको बताएका छन् ।

अनलाइन मतदान प्रक्रिया पारदर्शी भए नभएको सम्पूर्ण प्रक्रियाबारे बेलायती सरकारको मान्यताप्राप्त स्वतन्त्र निकायको प्रत्यक्ष सहभागिता र अनुगमनमा वैधानिक पर्यवेक्षण भइरहको पनि कंडेलले जानकारी दिएका छन् ।

आवश्यक प्रक्रियाहरु पूरा गर्न लाग्ने समयलाई मध्यनजर गर्दै नतिजा घोषणा गर्ने मिति तय गरिएको हुँदा धैर्यतापूर्वक प्रतीक्षा गर्न उनले आग्रह गरे ।

सोमबार मध्यान्ह शुरु भएर हिजो मंगलबार मध्यान्न १२ बजे समापन भएको एनआरएन यूके निर्वाचनमा अध्यक्ष पदका लागि तीन प्रत्यासी रोजिना प्रधान राई, प्रेम गाहा मगर र दीपक श्रेष्ठ मैदानमा छन् । मतदान समयावधि सकिएलगतै उनीहरुले बेग्लाबेग्लै सन्देश दिंदै हार जित जस्तो सुकै नतिजा आएपनि स्वीकारेर समाजकै हितका लागि काम गर्ने प्रण गरेका छन् ।

एनआरएनए यूकेमा यस पटक ११ हजार बढी मतदाता थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू