शुक्रबार, वैशाख ७, २०८१
05:42 | १०:२७

बेलायतमा संक्रमण दर घटेपनि मृतक ४ महिनायताकै उच्च

नेपाली लिङ्क अगस्ट ३, २०२१

लन्डन – बेलायतमा कोरोना संक्रमण दर पछिल्ला केहि दिनयता निरन्तर ओरालो लागेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा २१ हजार ६९१ जना संक्रमित फेला परेका हुन् ।

नयाँ संक्रमितसंगै बेलायतमा हालसम्म ५९ लाख २३ हजार ८२० संक्रमित भएका छन् । महामारीको तेस्रो लहर शुरु भएको बेलायतमा अघिल्लो महिना दैनिक ५० हजार नाघेको थियो । सरकारी तथ्यांक अनुसार पछिल्लो एक सातामा संक्रमण दर २०.५ प्रतिशतले ह्रास आएको हो ।

यसैगरी पछिल्लो २४ घन्टामा थप १३८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्या विगत ४ महिनायताकै उच्च हो । बेलायतमा कोरोनाका कारण हालसम्म एक लाख २९ हजार ८८१ जनाको मृत्यु भइसकेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्ध ८ करोड ५४ लाख ८८ हजार ८५७ डोज खोप वितरण भइसकेको छ ।

जसमध्ये चार करोड ६८ लाख ९८ हजार ५२५ जनाले खोपको पहिलो डोज र तीन करोड ८५ लाख ९० हजार ३३२ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू