शनिबार, वैशाख १५, २०८१
02:51 | ०७:३६

एनआरएन यूके निर्वाचन सकियो, अध्यक्षका तीन प्रत्यासीले दिए धन्यवाद

नेपाली लिङ्क अगस्ट ३, २०२१


लण्डन । एनआरएन यूके निर्वाचन मंगलबार १२ बजे समापन भएसंगै अध्यक्षका तीन प्रत्यासी रोजिना प्रधान राई, प्रेम गाहा मगर र दीपक श्रेष्ठले सम्पूर्ण मतदाताप्रति आभार ब्यक्त गरेका छन् ।  

उनीहरुले बेग्लाबेग्लै सन्देश दिंदै हार जित जस्तो सुकै नतिजा आएपनि स्वीकारेर समाजकै हितका लागि काम गर्ने प्रण गरेका छन् । 

सोमबार दिउंसो १२ बजे देखि शुरु भएको मतदान आज मंगलबार दिउंसो १२ बजे सकिएको छ । नतिजा भने बिहीबार मात्र आउने निर्वाचन समितिले जनाएको छ ।  

पढौं उनीहरुका भनाइ:

रोजिना प्रधान राई-

आदरणीय बेलायतबासी सम्पूर्ण गैरआवासीय नेपाली आमाबुबा, दाजुभाई, तथा दिदी बहिनीहरूमा हार्दिक आभार व्यक्त गर्दछु । 

एनआरएनए यूकेको आगामी नेतृत्व चयनका लागि मतदान केही समय अघि मात्र सकिएको छ । प्रथमत: जसले यस अभियानमा तातेताते गर्दै हिँड्न सिकाउनु भो, जसले हात समाती डोर्‍याउनुभयो, जसले निडर, निर्धक्क र पूर्ण उर्जासहित यस अभियानलाई नेतृत्व गर्न अभिप्रेरित गर्नुभयो, तपाई सम्पूर्ण प्रति मनैबाट नमन गर्दछु । 

मेरो चुनावी अभियानमा अहोरात खट्नु हुने मेरो अग्रज–अभियन्ता, रणनीतिकर्ता, मेरा क्याम्पका संयोजकज्यूहरु, स्वयंसेवक, शुभेच्क्षुक, शुभचिन्तक सबैलाई हदयबाटै सम्मान र धन्यबाद ज्ञापन गर्दछु । 

मेरो चुनावी अभियानलाई शिष्ट, शालिन र संस्कारयुक्त अभियान बनाउन साथ दिने मेरा प्रतिस्पर्धी मित्रहरु दीपक श्रेष्ठ र प्रेम गाहा मगरजी र उहाँको सम्मस्त टीमलाई समेत धन्यवाद ।

मैले बिर्सनै नहुने तपाईं संघसंस्थाका अग्रजहरु, खासगरी एनआरएन यूके पंजिकृत सदस्यज्यूहरु जो मतदाताको रुपमा समेत हुनुहुथ्यो, तपाई समस्तमा नमन । तपाईंहरुको साथ, समर्थन र हौसला म  जिन्दगीभर बिर्सने छैन  यसलाई आजसम्म मैले आर्जेको सबै भन्दा ठूलो सम्पति ठानेको छु ।  

निर्वाचन एक प्रकृया हो ।  हार–जित जे–जस्तो परिणाम आएपनि सहर्ष स्वीकार्दै मैरो पक्षमा नजिता आए २ बर्ष यो संस्थालाई नेतृत्व गर्नेछु भने अन्य मेरा उम्मेदवार साथीहरुको पक्षमा आए सही निर्णयलाई उच्च साथ र गलतलाई औँल्याउने छु   

यस महान यात्रामा हामी सबै अट्ने चौमार्ग छ । यसर्थ पनि हामी सबै उच्च संस्कार र चिन्तनबाट अघि बढौँ । साथै, मेरो उपाध्यक्ष कार्यकालमा अध्यक्ष पुनम गुरुङज्यूले देखाउनुभएको सत्मार्ग, प्रेरणा र समस्त कार्यसमिति एवं बेलायतबासी नेपाली समुदायको भरोसाप्रति कृतज्ञ छु ।  

गाहा मगरको वक्तव्य जस्ताको तस्तै: 

हार्दिक धन्यवाद तथा आभार !

आदरणीय बेलायतवासी बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु, 

गैरआवासीय नेपाली संघ, एनसीसी यूकेको २०२१–२०२३ कार्यकालका लागि कार्यसमिति चयन गर्न भएको निर्वाचनमा सहभागी भै आफ्नो अमूल्य मतदान गर्नु भएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु ।

मलाई आशा अनि विश्वास छ, यसपाली तपाईंहरुले पक्कै पनि संस्थाको सुदृढीकरण, शुद्धीकरण र पारदर्शिताको पक्षमा मतदान गर्नु भएको छ । तपाईंहरुले दिएको मन, मत र अभिमतको सधैं सम्मान गर्ने छु । पछुतो मान्नुपर्ने अवस्था आउन दिने छैन ।

मैले भनिसकेको छु, आगामी दुई वर्ष मैले मेरो सम्पूर्ण समय समाजलाई समर्पण गरिसकेको छु । दिन होस् वा रात, जुनसुकै समयमा पनि नेपाली समुदायको हितमा म समर्पित हुने छु । सातै दिन, चौबीसै घण्टा मैले संस्थाको हित र समाजको सेवामा नै लगाउने छु ।

हामीले निर्वाचन परिणाम घोषणाको प्रतीक्षा गरिरहेका छौं । मतदाताले गरेको मतदानलाई सम्मान गर्दै यथाशीघ्र मतपरिणाम सार्वजनिक गरिनुपर्छ भन्ने हाम्रो अडान छ   

निर्वाचन प्रक्रिया आरम्भदेखि नै अनेकन चलखेल भएका छन् । निर्वाचन र परिणामलाई प्रभावित पार्ने प्रयास पनि भइरहेका छन् । मतदाताले आफ्नो विवेकको प्रयोग गरी दिएको मतको उचित सम्मान गर्दै वास्तविक मतपरिणाम सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । मतपरिणामलाई चुनौती दिई उल्ट्याउने दुष्प्रयास भएमा त्यसको नतिजा अकल्पनीय हुन्छ । त्यसप्रति निर्वाचन समिति सचेत रहनु पर्दछ ।

हामी समाज रुपान्तरणको अभियानमा छौं । संस्थाको शक्ति भनेकै यसका सदस्यहरु हुन् । सदस्यहरुको चाहना र सुझाब अनुसार नै संस्था र त्यसको नेतृत्वले काम गर्नु पर्दछ भन्नेमा हामी दृढ छौं । फेरि पनि निर्वाचनमा सहभागी भई मलाई र मेरो एजेण्डामा समर्थन तथा ऐक्यबद्धता जनाउनु हुने विभिन्न पदका उम्मेदवारहरुलाई मतदान गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु ।

साथै, निर्वाचन अभियानमा साथ दिनु हुने आदरणीय अग्रजहरु, एनआरएनए अभियन्ताहरु, विभिन्न संघ संस्थाका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, युवाहरु, खेलाडीहरु, व्यवसायीहरु, भूतपूर्व गोर्खा सैनिक तथा परिवारजन, सञ्चारकर्मी मित्रहरुसहित बेलायतवासी आम नेपाली समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

दीपकले यसो भने-

आदरणीय बेलायतवासी बाबाआमा, दाजुभाई तथा दिदीबहिनीहरु, लगायत समाजका अग्रजहरू प्रति हार्दिक धन्यवाद तथा आभार !

गैरआवासीय नेपाली संघ, यूकेको २०२१–२०२३ कार्यकालका लागि कार्यसमिति चयन गर्न निर्वाचनमा सहभागी भै आफ्नो अमूल्य मतदान गर्नु हुने तथा यस अभियानमा प्रत्यक्ष अप्रत्यक्षरूपमा सहयोग गर्नुहुने यहांहरु सम्पूर्णलाई हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू