मंगलबार, असोज ५, २०७८
14:43 | १९:२८

दक्षिण कोरियामा दुई हजार बढीमा नयाँ भेरिएन्ट पुष्टि

रासस-सिन्ह्वा अगस्ट ३, २०२१

सोल । दक्षिण कोरियामा गएको हप्ता दुई हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् । ती सङ्क्रमित नयाँ भेरिएन्टका भएका बताइएको छ ।

दक्षिण कोरियाका स्वास्थ्य अधिकारीले मंगलबार यहाँ गएको हप्तामा दुई हजार १०९ नयाँ भेरिएन्टका सङ्क्रमित भेटिएका जनाए । यो तथ्याङ्कसहित गएको हप्तामा कोभिड–१९ का नयाँ भेरिएन्टको संख्या आठ हजार १२५ जना पुगेको पनि बताइएको छ ।

यहाँ नयाँ भेरिएन्ट जुलाई २५ मा भेटिएको थियो । यो समेत गरी यहाँ त्यसयता नयाँ भेरिएन्टका २५ हजार २४० जना सङ्क्रमित पाइएका हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू