बिहीबार, चैत १५, २०८०
16:57 | २२:४२

बेलायतका नेपाली चिकित्सकहरुले चुने नयां नेतृत्व

नेपाली लिङ्क अगस्ट ३, २०२१

डा. कमल अर्याल

लन्डन । बेलायतका नेपाली चिकित्सकहरुको संस्था नेपलिज डक्टर्स एसोसिएसन यूकेमा नयां नेतृत्व चुनिएको छ ।

३० जुलाई देखि १ अगष्टसम्म चलेको संस्थाको ३६ औं वार्षिक साधारणसभाले नयां कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

एसोसिएसनको अध्यक्षमा डा. कमल अर्याल निर्विरोध निर्वाचित भएका छन् भने उपाध्यक्षमा डा. सञ्जिव नेपाली, महासचिव डा. पारस सिंह, सहसचिवमा डा. रेखा श्रेष्ठ र कोषाध्यक्षमा डा. प्रज्ज्वल घिमिरे छनोट भएका छन् ।

त्यसैगरि, कार्यकारी सदस्यहरुमा डा. आरती हमाल, डा. आशिष श्रेष्ठ, डा. रोजन केसी, डा. डोन्ना श्रेष्ठ र डा. शारदा गुरुङ छन् ।

निर्वाचन अधिकृत डा. चुडा कार्कीले नयां कार्यसमिति घोषणा गरेका थिए ।

निवर्तमान डा. रमेश खोजुले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा उनलाई बधाइ तथा धन्यवाद दिइयो ।

साधारण सभाको दोश्रो दिन शनिबार ‘सेन्टिफिक सेसन’ र ‘ट्रेनी पेपर प्रेजेन्टेसन’ भएको थियो ।

प्राध्यापक धिरज त्रिपाठीले मोड्रेट गरेको उक्त सेसनमा प्रमुख वक्ताहरु प्राध्यापक जोन डिलोन, डा. थोमस मार्जोट, डा. स्टिभ पाण्डे र प्राध्यापक पालेश्वान लाखेले ‘ग्यास्ट्रोइन्टेरोलोजी’ बारे आफ्नो धारणा राखेका थिए ।

त्यसैगरि डा. अरुण बराल, डा. प्रभाकर हमाल, डा. रिपक पूर्वे र डा. देवोरा गुरुङले ‘ट्रेनी पेपर प्रिजेन्टेसन’ दिए । उक्त सेसनको मोडरेटर थिए डा. डोन्ना श्रेष्ठ ।

वार्षिक साधारणसभाको दोश्रो दिन संस्थाको वार्षिक प्रतिवेदन समेत प्रस्तुत गरियो ।

उक्त प्रतिवेदन विशेषगरि नेपालको कोभिड महामारीविरुद्ध लडाईंमा एसोसिएसनले गरेको सहयोगबारे केन्द्रित थियो । एसोसिएसनले राधा स्वामी सेन्टर सामाखुशी, 
काठमाडौंस्थित आइसोलेसन सेन्टरमा अक्सिजन सप्लाइ पाइपलाइनका लागि १० हजार पाउण्ड पठाएको थियो ।

यस अलवा एसोसिएसनले नेपालका विभिन्न अस्पतालहरुमा मास्क, पीपीइ, अक्सिजन कन्सन्ट्रेटर लगायत स्वस्थ्य उपकरण पनि प्रदान गरेको थियो ।

आइतबार डा. चिन्तामणी योगी र प्राध्यापक विशाल सिटौलाले ‘वेल बिइङ’ बारे प्रवचन दिएका थिए । सोही दिन नेपलिज डक्टर्स एसोसिएसन यूके सदस्यहरुले नेपालमा कोभिड महामारीविरुद्ध आफ्नो सहयोग र विभिन्न अनुभव आदानप्रदान गरेका थिए ।

कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक गतिविधि, नाच प्रतियोगिता र क्वीज पनि गरिएको थियो ।

एसोसिएसनले आफ्नो वार्षिक साधारणसभा प्रत्यक्ष रुपमा विशेष कार्यक्रम गरेर सम्पन्न गर्ने गरेपनि यसपटक कोभिड संक्रमणको जोखिमलाई ध्यान दिंदै भर्चुअल गरिएको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू