शनिबार, वैशाख १५, २०८१
01:48 | ०६:३३

दीपक मैथानेको शब्दमा प्रमोद खरेलको ‘बैगुनी’

नेपाली लिङ्क अगस्ट २, २०२१


लन्डन । लन्डन बस्ने नवोदित कलाकार दीपक मैथाने मगरले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् ।

साउथ ह्यारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टमा आयोजित विशेष कार्यक्रमबीच प्रमुख अतिथि तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा भिडियोमा आवद्ध प्राविधिक एवं कलाकारहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।

बेलायतमा छायांकन गरिएको उक्त भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस यूके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बुको अभिनय छ ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीतमा मैथानेकै शब्द श्रृजना छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने व्यस्त समयका बावजुत पनि सांगीतिक क्षेत्रमा निरन्तर समर्पित छन् ।

‘बैगुनी’ को निर्देशन सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । करिव डेढ दशकदेखि पत्रकारितासँगै भिडियो निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ् नवीन निरौलाले गरेका हुन् ।

बेलायतका रमणीय र प्रसिद्ध स्थानमा छायांकन गरिएको सो भिडियोमा प्रेम र विछोडमा हुने विभिन्न उतारचढावदाई निर्देशक कुशलले गज्जबसँग उतारेका छन् । भिडियो कलाकार मैथानेकै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत युट्युवबाट रिलिज गरिएको हो ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू