शनिबार, वैशाख १५, २०८१
21:30 | ०२:१५

एनआरएनए यूकेको मतदान शुरु

नेपाली लिङ्क अगस्ट २, २०२१


लण्डन । एनआरएन यूकेको नयाँ कार्यसमिति चयन गर्न आज सोमबार मध्यान्ह १२ बजे देखि मतदान शुरु भएको छ ।

निर्वाचन मंगलबार मध्यान्ह १२ बजेसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ।

पूर्व निर्धारित कार्यतालिका अनुसार ३१ जुलाई शनिबार नै निर्वाचन हुनुपर्ने भएपनि निर्वाचन समितिले प्राविधिक कारण जनाउँदै दुई दिन पर सारेको थियो ।

बेलायतमा बसोबास गर्ने नेपालीमध्ये पन्जीकृत सदस्यता लिएका ११ हजार ३ सय ६५ जना मतदानमा सहभागी हुन योग्य छन् । पहिलोपटक अनलाइन प्रणालीमार्फत मतदान व्यवस्था गरिएकाले आम मतदातामाझ केही असजिलो र झन्झट महशुस भएको प्रतिक्रिया आएका छन्।

अध्यक्ष, उपाध्यक्षहरु, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक तथा सदस्य गरी सबै पदमा निर्वाचन हुँदै छ । 

अध्यक्ष र महासचिवमा तीन, तीन जनाको उम्मेदवारी परेको छ भने अन्य पदहरुमा दुई, दुई जनाको उम्मेदवारी परेको छ ।

सन् २०२१–२०२३ कार्यकालका लागि अध्यक्षमा प्रेम गाहा मगर, रोजिना प्रधान राई र दीपक श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू