बिहीबार, चैत १५, २०८०
14:37 | २०:२२

लण्डनमा गोर्खाहरुको रिले अनसन ११ औं दिनमा, बेलायतले टेरेन

नेपाली लिङ्क अगस्ट १, २०२१

लन्डन । बेलायती प्रधानमन्त्री कार्यालय अगाडि भूतपूर्व गोर्खाहरुको रिले अनसन आइतबार ११ औं दिन पुगेको छ ।  

गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले गरेको १३ दिने रिले अनसन अन्तर्गत उक्त दवावमुलक अभियानमा ब्रिटिश भेट्रान्सहरुले साथ दिए पनि सरकारले भने वेवास्ता गरेको छ ।  

‘अब हामी अगस्त ७ देखि भोक हड्तालमा जाने तयारीमा छौं’ समितिका प्रमुख संयोजक कृष्ण बहादुर राईले नेपाली लिंकसँग भने-‘ भोक हड्तालमा बस्न राजी हुनु भएकी पुष्पा राणा घले नेपालबाट आएर अहिले होटेल क्वारेन्टिनमा हुनुहुन्छ । उहां निस्किएपछि कार्यक्रम अगाडि बढ्छ ।’

घलेसहित गोर्खा अभियन्ताहरु ज्ञानराज राई र धन गुरुङले आमरण अनसनमा बस्ने घोषणा गरिसकेका छन् । यस अघि बेलायतले भोक हड्ताल तोडन् व्यापक दवाव दिएको बताइएको थियो ।

भूतपूर्व गोर्खाहरुले बेलायती प्रधानमन्त्री कार्यालय अगाडि शनिबार पनि व्यापक प्रदर्शन गरेका छन्। ब्रिटिश भेट्रान्सहरु सहितको समूहले प्रदर्शन गरेको हो । 

प्रदर्शनलाई सम्वोधन गर्दै समितिका अभियान निर्देशक ज्ञानराज राईले नेपालका नयाँ प्रधानमन्त्रीले बेलायत सरकारलाई कुरा राख्ने वचन दिएपनि बेलायतले उच्चस्तरिय वार्ता समिति गठन गरी मिति घोषणा नगरेसम्म आन्दोलन नरोकिने बताए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू