शनिबार, वैशाख ८, २०८१
06:18 | ११:०३

एनआरएनए यूके निर्वाचन दुई दिन ढिला

नेपाली लिङ्क जुलाइ ३०, २०२१

लन्डन । एनआरएनए यूके निर्वाचन दुई दिन पर सरेको छ । मतदान शुरु हुन केही घण्टा बांकी रहंदा निर्वाचन समितिले निर्वाचन दुई दिन पर सारेर २ अगष्ट सोमबार दिउसो १२ बजे मतदान प्रक्रिया शुरु भइ अगष्ट ३ मंगलबार १२ बजेसम्म हुने जानकारी दिएको छ । मत परिणाम बिहीबार ५ बजे आउने समितिले जनाएको छ ।

निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कंडेलले शुक्रबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई मतदान सम्बन्धि प्राविधिक प्रक्रिया बुझाउन पर्याप्त समय नभएको गुनासोलाई सम्बोधन गर्न तालिका परिवर्तन गरिएको जनाएका छन् । पहिलोपटक एनआरएनए यूकेको अनलाइन मतदान हुंदैछ ।

निर्वाचन समितिले मतदाता शिक्षामा समय अभाव भनेपनि तालिका परिवर्तन हुनुमा निर्वाचन समिति जिम्मेवार रहेको श्रोतको भनाइ छ । ‘अनलाइन निर्वाचन गराउने भेण्डरसंग आवश्यक कानूनी प्रक्रिया र कागजात आदि विषयमा ढिलाइ हुंदा शुक्रबार मध्यरातदेखि शुरु हुनुपर्ने निर्वाचन भ्याइएन’, श्रोतले भन्यो, ‘यसको सम्पूर्ण जिम्मा निर्वाचन समितिले लिनुपर्छ । विगतदेखि नै चुनावी प्रक्रियामा समिति धेरै सुस्त र निरिह देखिएको थियो ।’

विज्ञप्ति जस्ताको तस्तैः

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू