शनिबार, वैशाख ८, २०८१
09:02 | १३:४७

एनआरएनए यूकेको अनलाइन मतदान कसरी गर्ने ? (हेरौं भिडियो)

नेपाली लिङ्क जुलाइ २९, २०२१

लन्डन । एनआरएनए यूकेको ३१ जुलाइमा अनलाइन प्रणालीमार्फत हुन लागेको निर्वाचनका लागि मतदाताबीच देखिएको अन्यौल अब हट्ने भएको छ । निर्वाचन समितिले नेपाली भाषामै एक ‘डेमो’ सार्वजनिक गरेपछि अनलाइन मतदान गर्न अब सहज हुने विश्वास गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त महेन्द्र कंडेलले अंग्रेजी र नेपाली दुवै भाषामा मतदान प्रक्रियाबारे जानकारी दिइएकाले धेरै अन्यौल हट्ने बताए । ‘हामी प्राविधिक रुपमा पनि समस्या नआओस् भन्नेतर्फ सचेत भएर काम गरिरहेका छौं’, कंडेलले भने ।

एनआरएनए यूके पञ्जीकृत सदस्यहरुले मतदान गर्न पाउनेछन् । एनआरएनए यूके इतिहासमै पहिलो पटक अनलाइन मतदान हुन लागेकाले धेरैमा कौतुहलता र आशंका दुवै देखिएको छ ।

शनिबार मतदान सकिएपनि नतिजा मंगलबारमात्र सार्वजनिक हुने निर्वाचन समितिले बुधबार जनाएको थियो । अनलाइन प्रणालीमा पनि नतिजा किन ढिलाइ भन्ने जिज्ञासा आम मतदाताबीच रहेको पाइएको छ ।

अनलाइन मतदान गर्ने तरिका हेर्न तलको लिंक क्लिक गर्नुहोस्-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू