शुक्रबार, वैशाख ७, २०८१
18:00 | २२:४५

एनआरएनए आइसीसी सचिवमा यूकेबाट अधिकारीले उम्मेदवारी दिने

नेपाली लिङ्क जुलाइ २९, २०२१

लन्डन । बेलायतस्थित गैरआवासीय नेपाली संघ (एनआरएनए) अभियन्ता तथा ग्लोवल गोरखा समाजका अध्यक्ष विनय अधिकारीले आइसिसी सचिवमा उम्मेदवारी दिने भएका छन् । आगामी अक्टोबरमा हुने संघको निर्वाचनमा अधिकारीले सचिव पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । 

अधिकारीले गैरआवासीय नेपालीहरुको प्रमुख मुद्धा नेपाली नागरिकता निरन्तरताको कार्यान्वयनकै लागि आफ्नो उम्मेदवारी भएको बताए । संविधानमा उल्लेख हुँदा पनि गैरआवासीय नेपाली नागरिकतासम्बन्धि ऐन बन्न नसक्नु र कार्यान्वयनमा आउन नसक्नुलाई चिन्ताको विषय भन्दै उनले यो मुद्धा आफ्नो प्रमुख एजेण्डा रहेको जनाए ।  

त्यस्तै, अधिकारीले युवा तथा दोस्रो पुस्तालाई एनआरएनमा सहभागी गराउन, महिला मुद्धाहरु सशक्त उठाउन, महिला सहभागिता बढाउन, गोर्खाहरुको मागलाई सशक्त ढंगले उठाउन, विदेशीमाझ नेपालको पर्यटन प्रवर्द्धन गर्न, विदेशमा रहेका नेपालीबाट नेपालमा लगानी भित्र्याउन, संघलाई साझा तथा पारदर्शी बनाउन, एनआरएनमा सदस्य संख्यामा बृद्धि गर्न, प्रवासमा नेपाली भाषा, संस्कृति र भेषभूषाको संरक्षण गर्न, स्मार्ट एनआरएनए निर्माणमा सहयोग गर्न आफू कटिवद्ध भएर लाग्ने प्रतिवद्धता गरेका छन् । 

अघिल्लो निर्वाचनमा समेत आइसिसी सचिवका प्रतिस्पर्धी रहेका अधिकारीले त्यसअघि एनआरएनए यूकेमा उपमहासचिवको जिम्मेवारी सम्हालेका थिए । विश्वभरका ३० भन्दा बढी देशमा गठन भइसकेको ग्लोबल गोरखा समाजमा पनि अहिले उनी अध्यक्ष छन् । 

अधिकारीले नेपालमा कोभिड प्रभावित गोरखाबासीको लागि महत्वपूर्ण सहायता दिलाएका छन्  गोरखा समाजले अधिकारीकै नेतृत्वमा नेपालमा कोरोनाको दोस्रो लहरमा विश्वभरका गोरखाबासी नेपालीहरुबाट सहयोग संकलन गरी जिल्लाका प्रत्येक स्वास्थ्य केन्द्रलाई ४० वटा अक्सिजन कन्सनट्रेटर तथा करोडौ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्न सफल भएको थियो ।

त्यस्तै, अधिकारीले कोरोनाका कारण भोकमरीमा परेका चितवनको चेपाङ बस्तीका सयौं घरधुरीलाई राहत वितरण गरेका थिए । अधिकारी डायस्पोरामा सक्रिय अन्य विभिन्न संघसंस्थामा आबद्ध रहेर पनि सामाजिक कार्यमा सक्रिय रहंदै आएका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू