शुक्रबार, वैशाख १४, २०८१
14:00 | १८:४५

एनआरएनए यूके अध्यक्ष पदका उम्मेदवार गाहामगरलाई आचारसंहिता उलंघन गरेको भन्दै स्पष्टिकरण

नेपाली लिङ्क जुलाइ २७, २०२१

प्रेम गाहा मगर

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको आसन्न निर्वाचनका लागि अध्यक्ष पदका उम्मेदवार प्रेमगाहामगरले निर्वाचन सम्बन्धि आचारसंहिता उलंघन गरेको भन्दै निर्वाचन समितिमा उजुरी परेको छ । 

गैरआवासीय नेपाली संघ यूकेको अध्यक्ष पदमा उम्मेदवारी दिए पछि पालना गर्नु पर्ने आचारसंहिता उल्लंघन गर्नु भएको भन्ने निर्वाचन समितिलाई लिखित उजूरी परेको भन्दै  २४ घण्टाभित्र स्पष्टिकरण दिनको लागि निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कंडेलले पत्र लेखेका छन् । 

गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धी नियमावली र सूचना अनुच्छेद ९ विपरित एकल प्यानल बनाएर बेलायतका बिभिन्न क्षेत्रमा प्रचारप्रसार, पोष्टरिङ गरेको भन्ने मगरलाई आरोप लागेको छ । 

यस्ता गतिविधि तत्काल बन्द गरि त्यस्ता क्रियाकलाप गर्नुको कारणसहित २४ घन्टाभित्र स्पष्टिकरण दिनको लागि निर्वाचन प्रमुख आयुक्त कंडेलले पत्र पठाएका छन् । 

निर्वाचन आचारसंहिता उल्लंघन भएको प्रमाणित भएमा उनको उम्मेदवारी रद्ध हुनेसक्ने समेत  ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू