शनिबार, वैशाख ८, २०८१
10:38 | १५:२३

एनआरएनए यूकेमा नयां पुस्ताको प्रतिनिधित्व गर्दै सुमन

नेपाली लिङ्क जुलाइ २६, २०२१


लन्डन । बेलायतस्थित गैर आवासीय नेपालीको साझा संस्था एनआरएनए यूकेमा युवा पुस्ताको आगमन शुरु भएको छ । संघभित्र सांगठानिक संरचना परिवर्तन र पारदर्शीताको वहस चलिरहेका बेला शिक्षित युवा संघतर्फ आकर्षित हुनु शुभ संकेत ठान्छन् अभियन्ताहरु ।

यही क्रममा संघको ३१ जुलाईमा हुने नयां कार्यसमिति निर्वाचनमा लण्डनवासी युवा सुमन शर्मा (सोहन) ले नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संस्थालाई पारदर्शी र समावेशी बनाउने एजेण्डासहित सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

सुमनले सबै मतदाताको साथ, सहयोग र आर्शीर्वाद पाउने विश्वास समेत व्यक्त गर्दै जिताइदिन अपिल गरे ।

‘सदस्यका रुपमा मेरो भूमिका धेरै नरहला तर मेरो आइडिया र क्रियसन संघमा पक्कै लगाउनेछु’, सुमनले भने ।

सन् २००९ मा बेलायत प्रवेश गरेका बाग्लुङ निवासी सुमन संघबाहिर रहेर पनि सामाजिक काममा सक्रिय रहंदै आएका थिए । लन्डनका कयौं शहरमा आउटलेट रहेको ‘होली काउ’ चेनमा व्यवसायिक सेफका रुपमा कार्यरत छन् उनी ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू