बिहीबार, चैत १५, २०८०
10:17 | १६:०२

बेलायतमा स्वास्थ्यकर्मीको तलब तीन प्रतिशत वृद्धि

रासस-एएनआई जुलाइ २२, २०२१

लन्डन । बेलायतमा कार्यरत स्वास्थ्यकर्मीहरुको सेवा सुविधा वृद्धि गरिएको छ ।

गत अप्रिलदेखि नै लागू हुने गरी सरकारले सेवा सुविधामा वृद्धि गरेको जानकारी बुधबार सरकारी अधिकारीहरुले गराएका छन् ।

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले स्वास्थ्यकर्मीहरुको तलवमा तीन प्रतिशत वृद्धि गर्न सिफारिश गरेपछि सरकारले यो व्यवस्था गरिदिएको हो ।

‘स्वास्थ्यकर्मीहरुमा नर्स, पारामेडिसिन, कन्सल्टेन्ट, डेन्टीस्टलगायत पनि पर्ने छन्, उनीहरुले पनि तलव वृद्धको सुविधा पाउने भएका छन्’, सरकारी निकायद्धारा जारी वक्तव्यमा उल्लेख छ ।

बेलायतमा स्वास्थ्य क्षेत्रको सेवा, सुविधा, गुणस्तर, मापदण्ड आदि निर्धारण गर्न स्वतन्त्र निकायको रुपमा राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) को व्यवस्था छ ।

कोरोनाभाइरस महामारीविरुद्धको लडाइमा अग्रपंक्तिमा रहेर काम गरेकाले उनीहरुको सेवा सुविधा वृद्धि आवश्यक भएको निश्कर्षसहित एनएचएसले वृद्धिको सिफारिश गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू