शनिबार, वैशाख १५, २०८१
04:07 | ०८:५२

बेलायतमा अगष्ट १ मा मनाइंदै यलम्बर स्‍मृति दिवस

नेपाली लिङ्क जुलाइ २१, २०२१

लन्डन । किरात राई यायोक्खा बेलायतले आउंदो अगष्ट १ तारिख आइतबार ‘यलम्बर स्‍मृति दिवस’ मनाउने तयारी गरेको छ । किरात हाउस ग्याम्बल लेनमा सो कार्यक्रम व्यापक रुपमा मनाउन लागिएको किरात राई यायोख्या बेलायतका उपाध्यक्ष मेजर योगेश राईले जानकारी दिए ।

उक्त कार्यक्रममा धनुषवाण प्रतियोगिता, शिक्षा वा अन्य कुनैपनि विद्यामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने ब्यक्तिहरुलाई सम्मान गर्ने योजना रहेको राईले बताए ।

सो अवसरमा किराती साँस्कृतिक बाजा ढोल झ्याम्टा बजाउंदै साकेला सिली नाच प्रस्तुत हुने र सो कार्यक्रमकै विशेष आकर्षण हुने आयोजकले बताएका छन् ।

हरेक वर्ष अगस्ट पहिलो हप्ता किरातीहरुको पहिलो राजा यलम्बर र आफ्ना पुर्खाहरुको सम्झनामा पूजा गर्ने प्रचलन छ ।

आयोजक किरात राई यायोक्खा बेलायतले सम्पूर्ण यूकेवासी किरात तथा गैर किरात नेपालीहरुलाई चुल्हे निम्तो गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू