शनिबार, वैशाख ८, २०८१
15:15 | २०:००

एनआरएनए यूकेको उम्मेदवारी दर्ता हुँदै

नेपाली लिङ्क जुलाइ १९, २०२१

लन्डन । एनआरएनए यूके आसन्न निर्वाचनका लागि आज उम्मेदवारी दर्ता भइरहेको छ ।

सोमबार शुरु भएसंगै मध्यरातदेखि साँझ ५ बजेसम्मको अवधिमा निर्वाचन समितिलाई इमेल गरी उम्मेदवारी दर्ता गराउनुपर्नेछ ।

निर्वाचन समिति स्रोतका अनुसार गएराती मध्यरातमा उम्मेदवारी दर्ता शुरु भएदेखि नै उम्मेदवारीहरु दर्ता हुन शुरु भएको छ । आज बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

निर्वाचन तालिकाअनुसार उम्मेदवारको प्रथम नामावली मंगलबार दिउंसो १ बजे प्रकाशित हुनेछ ।

दावीविरोधका लागि बुधबार दिउंसो १ बजेसम्मको समय छ भने उम्मेदवारको अन्तिम नामावली बिहीबार दिउँसो २ बजे प्रकाशन हुनेछ ।

मतदान जुलाई ३१ तारिख शनिबार पूरा दिन (००:०० देखि २३:५९ सम्म) अनलाइन हुनेछ । निर्वाचन नतिजा घोषणा र शपथ अगष्ट १ तारिख ‘भर्चुअल’ गरिनेछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू