बुधबार, वैशाख १२, २०८१
07:18 | १२:०३

एनआरएनए यूकेमा मतदाताको अन्तिम संख्या ११ हजार ३ सय ६३ (हेरौं नामावली)

नेपाली लिङ्क जुलाइ १८, २०२१

लन्डन ।  एनआरएनए यूकेका मतदाताहरुको अन्तिम नामावली प्रकाशित भएको छ ।  

निर्वाचन समितिले आइतबार बेलुका ११ हजार ३ सय ६३ मतदाताको नामावली प्रकाशन गरेको छ ।  

यसअघि मतदाताको प्रथम नामावलीमा प्रकाशितमध्ये डेढ सय बढीको नाम भने अन्तिम नामावलीमा काटिएको छ । मतदाताको नामविरुद्ध परेको दावी विरोधमाथिको छानबिनपछि रीत नपुगेका विभिन्न १ सय ६९ जनाको नाम काटिएको निर्वाचन समितिका संयोजक महेन्द्र कंडेलले जानकारी दिए ।

एनआरएनए यूकेको दशौं कार्यसमितिको निर्वाचनका लागि जुलाई ३१ शनिबार अनलाइन मतदान हुँदैछ । जसका लागि सोमबार उम्मेदवारी दर्ता शुरु भइसकेको छ । आजै बेलुका ८ बजेभित्र उम्मेदवारी दर्ता गरिसक्नुपर्नेछ   

निर्वाचन यही जुलाई ३१ तारिख अनलाइन हुँदैछ ।  

एनआरएनए यूके मतदाताको अन्तिम नामावली हेर्न यहाँ क्लिक गर्नुहोस् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू