शुक्रबार, चैत १६, २०८०
15:36 | २१:२१

कृष्ण तिमल्सेना युरोप संयोजकमा उम्मेदवारी दिने तयारीमा

नेपाली लिङ्क जुलाइ १८, २०२१


लन्डन । लन्डनस्थित एकजना सालिन र कर्मठ एनआरएन अभियन्ता तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले एनआरएनए युरोप संयोजक पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

तिमल्सेनाले गैरआवासीय नेपाली संघको अक्टोवर २३ देखि २५ सम्म हुने १० औं महाधिवेशनमा संघको युरोप संयोजकमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

सन् २००७ देखि एनआरएनमा आवद्ध तिमल्सिनाले एनआरएन केन्द्रीय सदस्य (२०१५–०१७), संघको अल्पकालिन तथा दीर्घकालिन योजना तर्जुमा गर्ने महत्वपूर्ण समिति र लगानी प्रवर्धन सम्बन्धि समितिको समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

‘मिडिया एक्सपोजर’ भन्दा काममा बढि विश्वास गर्ने उनले गैरआवासीय नेपाली संघ, यूकेको सल्लाहकार (सन् २०१७), एनआरएनए युकेको अध्यक्षका प्रत्यासी (सन् २०१७–१९), गैरआवासीय नेपाली संघ, यूके उपाध्यक्ष (सन् २०१३–१५), गैरआवासीय नेपाली संघ, यूके कार्यसमिति सदस्य (सन् २०११–०१३) समेत रहेर आफ्नो कार्यकौशलता प्रस्तुत गरिसकेका छन् ।

मृदुभाषी, सालिन, निष्कपट र निष्कलंक छविका तिमल्सेना सेफ एसोसिएसन यूकेका संस्थापक अध्यक्ष हुन् । उनको यूके र नेपालमा विभिन्न व्यवसायमा लगानी छ । उनले नेपालमा हाइड्रो, रियलस्टेट, बैकिंङ, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका छन् ।

विगत २० वर्ष देखि बेलायत बसोबास गर्दै आएका तिमल्सेना धादिङ धुवाँकोट निवासी हुन् । निकै मिलनसार तिमल्सेनाले यूकेमा विभिन्न च्यारिटी कामदेखि अनेक समाजसेवाका गतिविधिमा अग्रपंक्तिमा सक्रिय रहँदै आएका छन् । उनको नेपालमा विद्यालय, वृद्धाश्रम, मन्दिर निर्माणदेखि अन्य विभिन्न सामाजिक काममा समेत निरन्तर सहयोग छ ।

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन तयारीका लागि ५० भन्दा बढी देशमा जुलाई ३१ भित्र संघका निर्वाचन हुंदैछ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू