बिहीबार, वैशाख १३, २०८१
00:30 | ०५:१५

एनआरएनए यूके निर्वाचन समितिमा थपिए आइसीसी सदस्य सापकोटा

नेपाली लिङ्क जुलाइ १७, २०२१

व्यवसायी दयानिधि सापकोटा

लन्डन– गैर आवासीय नेपाली संघ यूकेको निर्वाचन आयोगमा संघकै आइसीसी सदस्य दयानिधि सापकोटालाई मनोनयन गरिएको छ।

लेस्टर निवासी सापकोटा बेलायतस्थित नेपाली समाजका एक सक्रिय तथा सुपरिचित व्यवसायी हुन् । सापकोटाले एनआरएनए यूकेको निर्वाचन स्वतन्त्र, निष्पक्ष र तोकिएकै समयमा सम्पन्न गर्न आफूले काम गर्ने जनाए ।

संघको नयाँ कार्यसमिति चुन्न ३१ जुलाई २०२१ मा निर्वाचन हुँदैछ ।

निर्वाचन आयोग सन्तुलित भएन भन्ने चर्को दबाबपछि समितिको सदस्यमा सापकोटालाई सर्वसम्मतिबाट थप गरिएको हो ।

महेन्द्र कंडेल संयोजक रहेको आयोगका अन्य सदस्यहरुमा सोलिसिटर राजु थापा, सुवसिं गुरुङ, पशुपति पोख्रेल तथा सदस्य सचिवमा कर्ण शाही छन् ।

निर्वाचन आयोगले पहिले १५ जुलाई देखि उम्मेदवारी दर्ता गर्ने कार्य तालिका प्रकाशित गरे पनि सदस्यहरुको छानबिनको काम नसकिएको भन्दै निर्वाचनका सम्पूर्ण कार्यक्रम स्थगित गरिदिएको थियो ।

संशोधित कार्यतालिका अनुसार अब उम्मेदवारी दर्ता १९ जुलाई बिहान १ देखि राति ८ बजेसम्म र अन्तिम उम्मेदवारी नामावली प्रकाशन २२ जुलाइमा राखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू