शुक्रबार, वैशाख १४, २०८१
16:53 | २१:३८

सक्रिय युवा अभियन्ता गुरुङ एनआरएनए यूके सहकोषाध्यक्ष उम्मेदवार

नेपाली लिङ्क जुलाइ १७, २०२१

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका सक्रिय युवा अभियन्ता हेम गुरुङले सहकोषाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।  

वर्तमान कार्यसमितिमा सदस्य रहेका गुरुङले आगामी कार्यकालका लागि सहकोषाध्यक्ष पदको उम्मेदवारी घोषणा गरेका हुन् ।  

अग्रजहरुको सल्लाह र आग्रहलाई मनन गर्दै सहकोषाध्यक्षको उम्मेदवार बनेको उनी बताउँछन् ।  

‘सामाजिक संस्थाहरुमा योगदान गर्न यो पद नै चाहिन्छ जस्तो मलाई लाग्दैन’ गुरुङले नेपाली लिंकलाई भने, ‘तर मलाई सहकर्मी एवम् अग्रजहरुले यही जिम्मेवारीका लागि हौसला दिनुभएपछि अगाडि बढ्ने निर्णय लिएको हुँ ।’

एनआरएनए यूकेको कार्यसमिति सदस्यका रुपमा गुरुङले निकै सक्रियतापूर्वक काम गरेका थिए । विशेषत: बेलायतमा कोभिड महामारी उत्कर्षमा रहेका बेला अल्डरसट, फार्नबरो क्षेत्रका वृद्ध गोर्खाहरुको घर-घरमा पुगेर सुरक्षा सामग्री बांड्नमा खटिएका थिए उनी ।  

युवा जोश र जाँगरले खारिएका गुरुङ बेलायतका नेपालीहरुमाझ परिचित् र लोकप्रिय अनुहार हो ।  

विश्वभरका गैर आवासीय नेपालीहरुमाझ समेत राम्रो सम्बन्ध र सम्पर्क कायम गर्न सफल उनको एनआरएनए आइसीसी वृत्तमा पनि राम्रो सम्बन्ध छ । 

एनआरएन अभियान लामो समयसम्म चल्ने भएकाले तल्लो तहबाट काम गर्दै अनुभव बटुलेर माथि पुग्ने आफ्नो सोच गुरुङले बनाएका छन् ।  

संस्थाको आर्थिक पारदर्शीता, उत्तरदायित्व विकास र संस्थागत सुधार जस्ता एजेन्डालाई प्राथमिकतामा राखेर काम गर्ने उनको योजना छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू