शुक्रबार, वैशाख १४, २०८१
03:21 | ०८:०६

एनआरएनए यूके अधिवेशन एक साता पर सरेर जुलाई २५ मा

नेपाली लिङ्क जुलाइ १६, २०२१

लन्डन । एनआरएनए यूके दशौं अधिवेशन एक साता पर सरेको छ ।  

यही जुलाई १८ तारिख आइतबारलाई निर्धारित अधिवेशन ठीक एक सातापछि जुलाई २५ तारिख आइतबार गरिने भएको हो ।  

अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले शुक्रबार एक वक्तव्य जारी गर्दै अधिवेशन पर सारिएको जनाएका हुन् ।  

प्राविधिक कारणले अधिवेशन पूर्व निर्धारित भएभन्दा एक साता पछि सार्नु परेको वक्तव्यमा उल्लेख छ ।  

‘भर्चुअल’ माध्यमबाट हुने अधिवेशनमा सहभागिताका लागि एनआरएनए यूकेले सम्पूर्ण सदस्यहरुलाई आव्हान पनि गरेको छ ।  

वक्तव्य: 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू