शुक्रबार, वैशाख १४, २०८१
09:41 | १४:२६

इस्टली गोर्खा नेप्लिज एसोसिएसनको नेतृत्वमा तीर्थबहादुर पुन

नेपाली लिङ्क जुलाइ १४, २०२१


लन्डन । इस्टली गोर्खा नेप्लिज एसोसिएसन (इजीएनए) को शनिबार सम्पन्न वार्षिक साधारण सभाले संस्थाको नयाँ नेतृत्व चुनेको छ ।

उक्त साधारण सभाले अध्यक्षमा तीर्थबहादुर पुनलाई चयन गरेको छ भने नवनिर्वाचित समितिको उपाध्यक्षमा टीकाबहादुर पूर्जा र गङ्गाबहादुर पूर्जा छन् । 

यसैगरी सचिवमा राजेन्द्रबहादुर पूर्जा र सह-सचिवमा कुशबहादुर थापा, कोषाध्यक्षमा श्याम प्रसाद पूर्जा, सह-कोषाध्यक्षमा भोजबहादुर पूर्जा निर्वाचित भएका छन् । 

फार्म प्रोजेक्टको समग्र इन्चार्जमा समाजसेवी कमलबहादुर पूर्जा, अध्यक्ष रमण सिंह थापा तथा कोष संचालनमा रानी माया पुन छनोट भएका छन् । 

कम्युनिटी एन्ड फेस्टिभलका लागि बेलबहादुर विश्वकर्मा, याम बहादुर पूर्जा, एलान कुक, मेलिना थापा र मनिला नल्लालाई जिम्मेवारी दिइएको एसोसिएशनले जनाएको छ । 

यसैगरी वेबसाइट तथा मिडियाको भूमिकामा एलान कुक र बिमल पूर्जा छन् ।

सो अवसरमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका सम्पूर्ण सदस्यलाई शपथ ग्रहण गराएको थियो । 

कार्यक्रममा कार्यसमिति सदस्य, ट्रस्टीलगायत व्यक्तिहरुको सहभागिता थियो । नवनिर्वाचित अध्यक्ष तीर्थबहादुर पुनले सबैलाई धन्यबाद दिंदै संस्थाको उद्देश्य अनुरुप अघि बढ्न निरन्तर साथ र सहयोगको आग्रह गरे । 

कार्यक्रममा सहभागी कार्यसमितिका सदस्य तथा इस्टली गोर्खा नेप्लिज एसोसिएशन परिवारलाई मद्यत समूहका संस्थापक कमल पूर्जाले धन्यबाद व्यक्त गरे । यसैगरी उनले नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना पनि दिए ।

निवर्तमान अध्यक्ष रमण सिंह थापा र कोषाध्यक्ष गंगाबहादुर पूर्जाले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गरेका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू