शनिबार, वैशाख १५, २०८१
01:34 | ०६:१९

बेलायतमा बढ्यो मृतक संख्या, अप्रिल पछिकै उच्च

नेपाली लिङ्क जुलाइ १३, २०२१

लन्डन – बेलायतमा पछिल्ला केहि दिनयता संक्रमणदरमा भएको वृद्धिसंगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्ला दिनहरुमा संक्रमित संख्या दैनिक तीस हजार भन्दा बढी हुँदै आएको छ । संक्रमणदर बढेपनि मृतक संख्या सामान्य रहेपनि मंगलबार मृतक संख्यामा पनि वृद्धि भएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको २४ घन्टामा थप ५० संक्रमितको मृत्यु भएको छ । यो संख्या अप्रिल ९ यताकै सबै भन्दा बढी हो । अघिल्लो दिन ६ जना संक्रमितको मृत्यु भएको थियो । यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख २८ हजार ४८१ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा ३६ हजार ६६० जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन ३४ हजार ४७१ संक्रमित थिए । बेलायतमा कोरोना भाइरसका कारण ५१ लाख ९१ हजार ४५९ जना संक्रमित भइसकेका छन् ।

बेलायतमा ८ करोड नौ लाख ७५ हजार ५०८ डोज खोप वितरण भइसकेको छ, जसमध्ये चार करोड ५९ लाख ७८ हजार १७ जनाले पहिलो र तीन करोड ४९ लाख ९७ हजार ४९१ जनाले दोस्रो डोज लगाएको तथ्यांकमा उल्लेख छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार एक दिनमा ५६४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ र भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू