बिहीबार, चैत १५, २०८०
17:16 | २३:०१

देउवा प्रधानमन्त्री नियुक्त, ६ बजे शपथ

नेपाली लिङ्क जुलाइ १३, २०२१

काठमाडौं ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देशको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् ।  

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार उनलाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् । 

राष्ट्रपति कार्यालयका अनुसार देउवाको शपथ साँझ ६ बजे हुनेछ । देउवासंगै केही मन्त्रीको पनि शपथ हुने सम्भावना छ ।  

योसंगै देउवा पांचौंपटक प्रधानमन्त्री नियुक्त भएका छन् । वि. सं. २०५२ मा पहिलोपटक प्रधानमन्त्री बनेका उनी त्यसपछि २०५८, २०६१ र २०७४ गरी चार पटक प्रधानमन्त्री भइसकेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू