शनिबार, वैशाख १५, २०८१
20:39 | ०१:२४

इंग्ल्याण्डको राज्य परिषदको प्रथम अधिवेशन १२ जुलाईमा

नेपाली लिङ्क जुलाइ १०, २०२१


लन्डन । गैर आवासीय नेपाली संघ यूके राज्य समन्वय परिषद, इंग्ल्याण्डको प्रथम अधिवेशन आगामी १२ जुलाई सोमबार सांझ ६ बजे हुने तय भएको छ ।

इंग्ल्याण्डमा कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउन पूर्ण रुपमा खुल्ला नभइसकेकाले अधिवेशन भर्चुअल माध्यमद्वारा गरिने परिषदका अध्यक्ष दीपक श्रेष्ठ र सचिव गोविन्द खरेलले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अधिवेशनमा संघले आफ्नो दुई वर्षको कार्यकालमा राष्ट्रिय समन्वय परिषद, यूकेले दिएको जिम्मेवारी अनुरुप गरेका कार्यक्रमहरुको प्रतिवेदन सचिवले प्रस्तुत गर्नेछन् भने कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन प्रस्तुत गरिने छ ।

कार्यक्रममा बेलायतको जनगणना अभियानमा सहयोग गर्ने सम्पूर्ण स्वयंसेवक तथा साइकल रयालीमा सहभागी साइकल यात्रीहरुलाई प्रमाणपत्र पनि वितरण गर्ने तयारी छ ।

प्रमुख अतिथिका रुपमा लागि गैर आवासीय नेपाली संघ यूके अध्यक्ष श्रीमति पुनम गुरुङको उपस्थिति रहने छ भने सभापतित्व परिषदका अध्यक्ष दीपक श्रेष्ठले गर्ने परिषदले जनाएको छ ।

कार्यक्रम विवरण-

अधिवेशन हुने मितिः १२ जुलाई २०२१

समय- साँझ १८:०० बजे

जुम लिंक तथा आइडी: 7667665965 पास्कोड: ESCC
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू