मंगलबार, वैशाख ११, २०८१
19:08 | २३:५३

बेलायतमा ‘डेल्टा’ भेरियन्ट्को संक्रमण तीव्र गतिमा फैलिंदै

नेपाली लिङ्क जुलाइ ९, २०२१

लन्डन । पछिल्लो समय बेलायतमा कोरोना भाइरसको ‘डेल्टा’ भेरियन्ट्को संक्रमण तीव्र गतिमा फैलिंदै गएको पाइएको छ ।  

शुरुमा भारतमा फेला परेको यो भेरियन्ट्को संक्रमण एक साताको अवधिमा बेलायतमा ३४ प्रतिशतले बढेको ‘पब्लिक हेल्थ इंग्ल्याण्ड’ ले जनाएको छ ।

बेलायतमा अहिलेसम्म डेल्टा भेरियेन्ट् प्रमाणित भएका वा आशंका गरिएका संक्रमितहरुको संख्या २ लाख १६ हजार २ सय ४९ पुगेको बताइएको छ ।  

बेलायतमा पछिल्लो समय डेल्टा भेरियन्ट्कै एकल प्रभाव देखिएको छ । अहिले फेला परिरहेका नयाँ संक्रमणहरुमध्ये ९९ प्रतिशतमा डेल्टा भेरियन्ट् पाइएको जनाइएको छ ।  

बेलायतमा एक साताअघि १ लाख ६१ हजार ९ सय ८१ रहेको डेल्टा भेरियन्टबाट संक्रमितहरुको संख्या यो साता ५४ हजार २ सय ६८ ले बढेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू