शुक्रबार, वैशाख ७, २०८१
11:39 | १६:२४

एनआरएनए यूके सदस्यता प्रमाणीकरण नियमविपरित भन्दै श्रेष्ठद्वारा सच्याउन माग

नेपाली लिङ्क जुलाइ ९, २०२१

लन्डन । गैरआवासीय नेपाली संघ यूकेको सदस्यता प्रमाणीकरण नियमविपरित र अवैधानिक भएको भन्दै अध्यक्ष प्रत्यासी दिपक श्रेष्ठले आवाज उठाएका छन् ।

बिहीबार एक वक्तव्य जारी गर्दै श्रेष्ठले सदस्यता प्रमाणीकरण गर्ने सम्बन्धमा संस्थाको नियमावलीलाई नै मिच्दै प्रमाणीाकरण भइरहेको दावी गरेका छन् ।

सदस्यता प्रमाणीकरणसम्बन्धी नियमावलीमा पासपोर्ट, ड्राइभिङ लाइसेन्सको फोटोहरूलाई नै कांटछांट (क्रप) गरेर फर्ममा प्रयोग गर्न नपाइने, ठेगाना नभएका फर्महरुलाई प्रमाणीकरण नगर्ने भन्ने लगायतका बुंदा स्पष्टसंग व्यवस्था गरिएको हुँदाहुँदै पनि पासपोर्ट, ड्राइभिङ लाइसेन्स लगायतमा भएका फोटोहरूलाई नै कांटछांट गर्दै फोटोहरू प्रयोग गरिएका फर्महरू, ठेगाना नभएका फर्महरु, बालबालिकाको फोटो, कार्टूनको फोटो, घरको फोटो, बास्केट बल खेलेको फोटोहरू लगायतका प्रोफाइल पिक्चरमा राखिएका सदस्यता आवेदनहरु समेत प्रमाणीकरण गरिएको दावी श्रेष्ठको छ ।

त्यस्तै, निर्वाचनलाई नै प्रभावित पार्ने किसिमका एकै प्रकारका इमेलहरु लगायतका थुप्रै नियमविपरित आएका फर्महरू प्रमाणीकरण गर्ने कार्य भएको भन्दै उनले संघको विधान र नियमावली मिचेर अवैधानिक रुपमा प्रमाणीकरण भएका सबै सदस्यता फर्महरूलाई बिनाशर्त रद्ध गर्न माग गरेका छन् ।

यसरी बनाइएका सबै सदस्यहरूलाई १ हप्ताको समय दिएर प्रोफाइल पिक्चर परिवर्तन गराएर गल्ती सच्याउने मौका मिलाउन सकिने तर त्यसो नगरी बलपूर्वक नियम मिचेरै निर्वाचनमा सहभागी गराउने कार्य गरिए गलत र अवैधानिक कार्यविरुद्ध सबै बाटो र माध्यमहरुबाट लड्दै बेलायती अदालतको ढोका ढक्काउनसम्म बाध्य हुने चेतावनी श्रेष्ठले दिएका छन् ।

पूर्ण प्रेस वक्तव्य:

बेलायतवासी सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरु एवम् सञ्चारकर्मी मित्रहरु,

गैरआवासीय नेपाली संघ बेलायतको सदस्यता लिने क्रममा प्राप्त भएका आएका अनलाइन फर्महरूलाई प्रमाणीकरण गर्नेसम्बन्धी नियमावलीलाई नै मिच्दै प्रमाणीकरण भइरहेको संवेदनशील विषयमा तपाईंहरु सबैको ध्यानाकर्षण गराउन चाहन्छु ।

सदस्यता प्रमाणीकरणमा गैर आवासीय नेपाली संघ यूकेको सदस्यता प्रमाणीकरणसम्बन्धी नियमावलीमा पासपोर्ट, ड्राइभिंग लाइसेन्सको फोटोहरूलाई नै कांटछांट (क्रप) गरेर फर्ममा प्रयोग गर्न नपाइने, ठेगाना नभएका फर्महरुलाई प्रमाणीकरण नगर्ने भन्ने लगायतका बुंदा स्पष्टसंग व्यवस्था गरिएको हुँदाहुँदै पनि पासपोर्ट, ड्राइभिंग लाइसेन्स लगायतमा भएका फोटोहरूलाई नै कांटछांट गर्दै फोटोहरू प्रयोग गरिएका फर्महरू, ठेगाना नभएका फर्महरु, बालबालिकाको फोटो, कार्टूनको फोटो, घरको फोटो, बास्केट बल खेलेको फोटोहरू लगायतका प्रोफाइल पिक्चरमा राखिएका सदस्यता आवेदनहरु समेत प्रमाणीकरण गरिएको छ ।

त्यस्तै, निर्वाचनलाई नै प्रभावित पार्ने किसिमका एकै प्रकारका इमेलहरु लगायतका थुप्रै नियम विपरित आएका फर्महरू प्रमाणीकरण गर्ने कार्य भएकाले संघको विधान र नियमावली मिचेर अवैधानिक रुपमा प्रमाणीकरण भएका सबै सदस्यता फर्महरूलाई बिना शर्त रद्ध गर्न म जोडदार माग गर्दछु ।

यसरी सदस्यता लिने प्रकृयादेखि नै नियमविपरित र अवैधानिक गतिविधिहरु हुनुले आगामी अधिवेसन र निर्वाचनमाथि नै शंका उत्पन्न हुने अवस्था बनेको छ । यस्ता कार्यहरुबाट निर्वाचन प्रकृयालाई नै प्रभावित हुने र निष्पक्ष निर्वाचन हुनेमा गम्भिर आशंका उत्पन्न भएकोले बेलैमा सम्बन्धित सबैको ध्यान पुगोस भन्दै ध्यानाकर्षण गराउन चाहन्छु ।

सदस्यता प्रमाणीकरणमा नियमविपरित भएका प्रमाणहरू मसँग सुरक्षित छन् । सम्बन्धित निकायमा ती प्रमाणहरु पठाइसकेको छु, आवश्यक परेमा म जुनसुकै बेला सार्वजनिक गर्न तयार छु । सदस्यता प्रमाणीकरण जस्तो गम्भिर र संवेदनशील प्रक्रियामा समेत नियम मिचेर, षड्यन्त्रपूर्ण तरिकाले गरिएका कर्तुतहरू लुकाउनकै लागि प्रमाणिकरणको प्रक्रियामा अन्य उम्मेद्वारहरुलाई समावेश गर्ने तर मलाई मात्रै वन्चित गर्ने गरिएको रहेछ भन्ने अहिले प्रमाणित भएको छ ।

सदस्यता प्रमाणीकरणका लागि मलाई अन्तिम १ दिन का लागि मात्र अवसर दिइएको बेला मैले यी सबै अनियमित कार्यका प्रमाणहरू संकलन गर्ने मौका पाएको थिएं ।

यसरी नियमविपरित प्रमाणीकरण गरिएका सदस्यहरुबाट चुनाव गराउंदा चुनाव निष्पक्ष र स्वतन्त्रत हुन सक्दैन भन्ने कुरामा अब कुनै दुई मत छैन् । म यसरी बनाइएका सबै सदस्यहरूलाई १ हप्ताको समय दिएर प्रोफाइल पिक्चर परिवर्तन गराएर गल्ती सच्याउने मौका मिलाउन जोडदार माग गर्दछु । तर, त्यसो नगरी बलपूर्वक नियम मिचेरै निर्बाचनमा सहभागी गराउने कार्य गरिए म यो गलत र अवैधानिक कार्यविरुद्ध सबै बाटो र माध्यमहरुबाट लड्दै बेलायती अदालतको ढोका ढक्काउन सम्म बाध्य हुने जानकारी गराउंछु ।

यस सम्बन्धमा मैले १ हप्ता अगावै गैरआवासीय नेपाली संघ बेलायत, संरक्षक परिषद, निर्वाचन समिति २०२१, गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति लगायतलाई जानकारी गराइसकेको भएपनि हालसम्म कुनै प्रतिक्रिया नआएको हुँदा यसबाट निर्वाचन प्रक्रियमा कुनै असर पर्न गएमा सम्बन्धित पक्ष नै जवाफदेही हुनेतर्फ सचेत गराउन चाहन्छु ।

धन्यवाद ।

भवदीय

दीपक कुमार श्रेष्ठ

अध्यक्षका प्रत्यासी उम्मेदवार

गैर आवासीय नेपाली संघ यूके

०८ जुलाई २०२१

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू