शुक्रबार, वैशाख १४, २०८१
18:14 | २२:५९

दुवै डोज खोप लगाएका १४७ मुलुकबाट इंग्ल्याण्ड आउँदा थप सहज

नेपाल अझै 'रेड लिस्ट' मा

नेपाली लिङ्क जुलाइ ८, २०२१


लन्डन- कोरोना संक्रमणका कारण बेलायत सरकारले लगाउंदै आएको यात्रा प्रतिबन्ध ब्रिटिश नागरिकका लागि आउँदो जुलाइ १९ तारिखबाट थप सहज बनाउने भएको छ ।

कोरोनाविरुद्धको दुवै डोज खोप लगाइसकेका ब्रिटिश नागरिकलाई पहेंलो (एम्बर लिस्ट ) सूचीमा रहेका मुलुकबाट इंग्ल्याण्ड आएपछि क्वारेन्टाइन बस्न नपर्ने भएको छ । बेलायती यातायात मन्त्री ग्रान्ट सापले आज बेलायती संसदमा बोल्दै उक्त घोषणा गरेका हुन् ।

तर, उनीहरुले दुईवटा कोरोना परीक्षण गर्नुपर्नेछ । अन्य देशका नागरिकहरुको हकमा भने ‘एम्बर लिस्ट’ बाट आएपछि सेल्फ आइसोलेशनमा बस्नुपर्नेछ ।

कोरोना संक्रमणदरका आधारमा बेलायत सरकारले बाह्य मुलुकलाई ग्रीन, एम्बर र रेड लिस्ट अन्तर्गत सूचीकृत गरेको थियो । ग्रीन लिस्ट अन्तर्गतका मुलुकबाट इंग्ल्याण्ड आउँदा आइसोलेशन बस्न नपर्ने नियम थियो भने एम्बर लिस्टका मुलुकबाट आउँदा होम आइसोलेशन बस्नुपर्ने नियम थियो ।

तर, रेड लिस्टमा परेका मुलुकबाट फर्किएकाले भने सरकारद्वारा निर्धारित आफ्नै खर्चमा (१७५० पाउण्ड) अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने छ । रेड लिस्टको सूचीमा परेका मुलुकका लागि भने नियम यथावत नै रहने मन्त्री सापले बताए ।

नेपाल, भारत लगायतका अन्य विभिन्न मुलुक भने अझै पनि बेलायतको रेड लिस्ट अन्तर्गत नै रहेको र यसबारेमा आगामी जुलाइ १५ मा पुनरावलोकन गरिने भएको छ । एम्बर लिस्टमा रहेका मुलुकको सूची हेर्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू